विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
पूर्वमा आएको बाढी–पहिरोका कारण क्षतिग्रस्त जलविद्युत् आयोजना

काठमाडौं । यही वर्षको जेठ तथा असारमा पूर्वी क्षेत्रमा परेको भीषण झरीपछि आएको बाढीका कारण क्षतिग्रस्त जलविद्युत् आयोजनामध्ये ५ वटाले मात्र सरकारबाट सुविधा पाउने भएका छन् । सञ्चालन तथा निर्माणाधीन गरी क्षतिग्रस्त ३१ मध्ये सञ्चालित ५ आयोजनाका लागि मात्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सुविधाका लागि अर्थ मन्त्रालयलाई पत्राचार गर्न लागेको हो ।

सञ्चालनमा रहेका ११ वटामा बाढीले क्षति पुगेकोमा आवश्यक पार्टपुर्जा सहितको विवरण पेश गरेका ६ आयोजनामध्ये ५ वटा सुविधाका लागि योग्य ठहरिएका छन् । एउटा आयोजनाले भने सुविधा आवश्वयक नपर्ने जानकारी गराएको मन्त्रालयले जानकारी दिएको छ ।

योग्य ठहरिएका आयोजनाले पुनर्निर्माणका लागि आवश्यक उपकरण तथा पाटपुर्जा आयात गर्दा १ प्रतिशत भन्सार छुट तथा शतप्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) को सुविधा पाउने छन् । बाढीले क्षति पुर्‍याएका सञ्चालनरत आयोजनाहरूमध्ये ५ वटाको मर्मतका लागि आवश्यक उपकरण तथा पार्टपुर्जाको मूल्यसहितको विवरण प्राप्त हुन बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ ।

सुविधाका लागि इपान तथा निजी जलविद्युत् प्रवर्द्धकहरूले निरन्तर सरकारलाई गुहारिरहेका छन् । यही विषयमा पटक–पटक मन्त्रालय, संसदको अर्थ समिति, पूर्वाधार विकास समितिमा समेत छलफल समेत भएको छ । यस्ता आयोजनाको हकमा पुनर्कर्जा उपलब्ध गराउन तथा यसको अवधि बढाउन माग गर्दै आएका छन् ।

सम्पूर्ण विवरण प्राप्त भई सुविधा पाउने आयाेजनाहरूकाे सूची

गत जेठ ३२ र असार १ गते पूर्वको काबेली, हेवा लगायत खोलामा आएको बाढीले सञ्चालनमा रहेका र निर्माणाधीन गरी ३१ आयोजनामा ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले संकलन गरेको तथ्यांकमा उल्लेख छ । बाढी–पहिरोले क्षति पुगेका आयोजनाको क्षमता ४५३ मेगावाट रहेको जनाइएको छ ।

बाढीबाट क्षति पुगेका आयोजनामध्ये सबैभन्दा ठूलो २५ मेगावाटको काबेली बी–१ रहेको थियो, जसमा ५० करोड रुपैयाँ बराबरको क्षति पुगेको इपानको दाबी थियो । यसपछि, सबैभन्दा बढी क्षति २२.१ मेगावाटको तल्लो हेवा खोला रहेको र यसमा १ अर्ब रुपैयाँ बराबरको क्षति भएको जनाइएको थियो ।

सम्पूर्ण विवरण प्राप्त हुन बाँकी रहेका आयाेजनाहरूकाे सूची

यसैगरी, निर्माणाधीन ३२७ मेगावाटका १८ आयोजनामा साढे २ अर्ब बढीको क्षति पुगेको इपानको दाबी रहेको थियो । इपानका अनुसार बाढीबाट क्षति पुगेका आयोजनाहरूमा ६ मेगावाटको सुपर हेवा खोला, ४ मेगावाटको पिलुवा खोला, १५.१ मेगावाटको सभा खोला–बी, ४.२ मेगावाटको सभा खोला–सी, ९.७ मेगावाटको इँवा खोला, १३.५ मेगावाटको सुपर काबेली–ए, १२ मेगावाटको सुपर काबेली खोला क्यासकेड, २१.९३ मेगावाटको काबेली–३, ३७.६ मेगावाटको काबेली–ए, ७.५ मेगावाटको हेवा खोला–ए, ९७.५ मेगावाटको इसुवा खोला थिए ।

यसैगरी, ४०.१ मेगावाटको इसुवा क्यासकेड, १४.१ मेगावाटको तल्लो इर्खुवा, १४.५ मेगावाटको माथिल्लो इर्खुवा, ३.५ मेगावाटको फेदी खोला, १०.४ मेगावाटको सभा खोला ए, १५.२ मेगावाटको इर्खुवा ‘बी’ मा क्षति पुगेको इपानले जनाएको थियो ।

उता, निर्माणाधीन आयोजनामध्ये सबैभन्दा धेरै सुपर हेवा खोलामा ८० करोड रुपैयाँ बराबरको क्षति भएको थियो । उक्त आयोजना निर्माणका खटिएका १८ जना मजदुरसमेत बाढीमा बगेर बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit