images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जलावायु परिवर्तनका असरले जलस्रोतमा परिरहेका असरहरूलाई इंगित गर्दै नेपालले दीगो र उत्तरदायी ढंगले यसको उपयोग गर्नुपर्ने सरोकारवालाले बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित जलविद्युत्को दीगो विकाससम्बन्धी क्षेत्रीय सम्मेलनका अवसरमा यस्तो बताइएको हो ।

सम्मेलनमा हाइड्रो पावर सस्टेनेबिलिटी एलायन्स (एचएसए) का उपकार्यकारी निर्देशक एलेन किलाजियानले ‘हाइड्रोपावर सस्टेनेबिलिटी स्ट्याण्डर्ड’ लागू हुनुपर्ने बताए । यसले नेपालले दिगो र उत्तरदायी ढंगले जलस्रोतको उपयोग गर्न र अन्ततः दक्षिण एसियाको जलस्रोतमा ब्याट्रीको भूमिका निर्वाह गर्ने उनको भनाइ थियो ।

उनले इन्डोनेसियाको बालीमा ३१ अक्टोबरदेखि २ नोभेम्बर २०२३ सम्म आयोजित विश्व जलविद्युत सम्मेलनका बारेमा जानकारी दिँदै विश्वव्यापी मापदण्डको पालना गर्दै नेपालको जलविद्युत् विकास पहलमा सहयोग पुर्‍याउन एचएसए नेपाल आएको बताए । ‘शून्य उत्सर्जन लक्ष्य हासिल गर्दै जलविद्युत् विकासमा  ध्यान केन्द्रित गर्नुपर्ने छ,’ उनले भने, ‘जलविद्युत विकासले मात्र पुग्दैन भन्ने विश्वव्यापी सहमति रहेको र यसलाई दीर्घकालीन रूपमा विकास गर्दै लैजानुपर्ने छ ।’

सम्मेलनलाई सम्बोधन गर्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल, (इपान) का अध्यक्ष गणेश कार्कीले नेपालको जलविद्युत् विकासका लागि सार्वजनिक–निजी साझेदारीका लागि सरकार थप खुला हुनुपर्नेमा जोड दिए । उनले ऊर्जा मन्त्रीले संसद्को तल्लो सदनमा पेश गरेको विद्युत् विधेयक, २०२३ को मस्यौदा कार्यान्वयन हुनुअघि संशोधन गर्नुपर्नेमा ध्यानाकर्षण गराएका थिए ।

उता, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा जलविद्युत् विकासका क्षेत्रमा धेरै उपलब्धि हासिल भएको र यसमा सार्वजनिक निकाय र निजी क्षेत्र दुवैले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले बजारको खोजी गर्दा सरोकारवालाले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै बजारमा समान रुपमा ध्यान दिनुपर्नेमा जोड दिए ।

यस्तै, इन्टरनेशनल हाइड्रो पावर एसोसिएसन (आइएचए) का उपाध्यक्ष सुशील पोखरेलले इन्डोनेसियाको बालीमा सम्पन्न विश्व जलविद्युत् सम्मेलनले नेपाललाई आफ्नो उपलब्धि विश्वस्तरमा प्रदर्शन गर्ने अवसर प्रदान गरेको बताए । ‘अन्तर्राष्ट्रिय सेमिनार र सम्मेलनहरूमा नेपाली प्रतिनिधिहरूले लगानी आकर्षित गर्ने गरी हामीले हाम्रा सफलताहरू सुनाइरहेका छौँ,’ उनले भने, ‘लगानीकर्ताका लागि प्रभावकारी एकद्वार नीतिले देशलाई फाइदा पुग्ने समय आएको छ ।’

सोही क्रममा, विद्युत् नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले अहिले प्रचलित आम धारणाविपरीत नेपालमा बढी परिमाणमा विद्युत् उत्पादन गर्न सक्ने सम्भावना रहेको उल्लेख गरे । ‘२८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र त्यसमध्ये १५ हजार मेगावाट निर्यात गर्ने योजना रहेको तर सबै सरोकारवालाले सोध्नुपर्ने प्रश्न नेपालले त्यो विद्युत् कहाँ र कसरी निर्यात गर्ने भन्ने प्रश्न छ,’ उनले भने ।

कार्यक्रममा नेपाल हाइड्रो पावर एसोसिएसन (एनएचए) का अध्यक्ष अरुण रजौरियाले जलवायु–लचिलो पूर्वाधार विकास र दिगो ऊर्जा समाधान दिगो विकासको लागि समग्र रूपमा आधारभूत आवश्यकता रहेको बताए ।

यसैगरी, कार्यक्रममा सरोकारवालाहरूको जिज्ञासामाथि स्पष्ट पार्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको जलविद्युत सम्भाव्यताको दोहन गर्न सरकार प्रतिवद्ध रहेको बताए । ‘आगामी एक दशकभित्र सबै नागरिकलाई विद्युतको पहुँचमा पुर्‍याउने सरकारको लक्ष्य छ, आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने योजना अनुसार काम भइरहेको छ,’ उनले भने, ‘केही प्राथमिकता प्राप्त आयोजनामा दिगो लगानी आकर्षित गर्न सरकारले सक्दो प्रयास गरिरहेको छ ।’

सम्मेलनको उद्घाटन सत्रमा इपान, एचएसए र आईएचएबीच सहकार्यका लागि त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भयो । यो सहकार्य जलविद्युतको माध्यमबाट दिगो विकासको लागि भएको कार्यक्रममा बताइएको थियो । समझदारीपत्रमा टिम भेन्चरका संस्थापक तेन्जिन गोन्सार र आइएचएका उपाध्यक्ष पोखरेलले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit