विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बलेफी हाइड्रो पावर कम्पनीको सेयर बाँडफाँड भएको छ । कम्पनीले सिन्धुपाल्चोकमा निर्माण सम्पन्न ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’ जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गरी बाँडफाँड गरेको हो ।

कम्पनीको सेयरधनी बन्न आवेदन दिएकामध्ये १ लाख ६६ हजार ३ सय ४५ जनाले १० कित्ता सेयर पाएको बिक्री प्रबन्धक ग्लोबल आइएमई कयापिटलले जनाएको छ । क्यापिटलका अनुसार यी मध्ये ३ जना भाग्यमानीले ११ कित्ता सेयर पाएका छन् ।

कम्पनीले सर्वसाधारणका लागि सय रुपैयाँ अंकित १८ करोड २७ लाख रुपैयाँ बराबरको १८ लाख २७ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । निष्कासीत सेयरमध्ये ७३ हजार १ सय १९ कित्ता अर्थात ४ प्रतिशत आफ्ना कर्मचारीहरूका लागि सुरक्षित गरिएको थियो ।

यस्तै, ५ प्रतिशत अर्थात् ९१ हजार ३ सय ९८ कित्ता सेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी १६ लाख ६३ हजार ४ सय ५३ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो । 

यसअघि स्थानीयका लागि सेयर निष्कासन गरी बाँडफाँड गरिसकिएको छ । कम्पनीले निर्माण सम्पन्न गरेको ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’ जलविद्युत आयोजनाको परीक्षण चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit