विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रेमिट हाइड्रो कम्पनीले विभिन्न पदमा ६ कर्मचारी मागेकाे छ । हाइड्राे इलेक्ट्रिसिटी इन्भेषटमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीकाे सहायक यस कम्पनीले ताम्लेजुङमा अध्ययन भइरहेको ७७.५ मेगावाटको घुन्सा खोला जलविद्युत आयोजनामा खटाउने गरी ५ देखि ९ तहसम्मका लागि कर्मचारी मागेकाे हो ।

९ तहका लागि २ जना (आयोजना व्यवस्थापक र बरिष्ठ वित्त अधिकृत) कर्मचारी चाहिएकाे कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजना  व्यवस्थापक पदका लागि सिभिल/इलेक्ट्रिकल/मेकानिकल इन्जिनियरिङमा स्नातक तह उतिर्ण गरेको व्यक्ति आवेदन दिन याेग्य हुनेछ । साथै, सम्बन्धित क्षेत्रमा ७ वर्षकाे कार्यानुभव पनि हुनुपर्नेछ ।

वरिष्ठ वित्त अधिकृत पदका लागि चार्टण्ड एकाउन्टेन्सी उतिर्ण गरी लेखा तथा वित्त व्यवस्थापनको क्षेत्रमा कम्तिमा ५ वर्ष कामकाे अनुभव भएकाे हुनुपर्ने याेग्यता ताेकिएकाे छ ।

यस्तै, एक–एक जना आयोजना संयोजक, वातावरण अधिकृत, सिभिल सब–इन्जिनियर र वरिष्ठ सहायक लेखा/प्रशासन मागिएकाे छ । आयोजना संयोजक पदका लागि आवेदन दिन सिभिल इन्जिनियरिङमा स्नातक तह उतिर्ण गरी ५ वर्ष सम्बन्धित क्षेत्रमा काम गरेकाे हुनुपर्नेछ । 

वातावरण अधिकृतका लागि वातावरण विज्ञान/वातावरण इन्जिनियरिङ/वातावरण व्यवस्थापन/वन विज्ञान तथा अन्य सम्बन्धित विषयमा स्नाकोत्तर उतिर्ण गरेको हुनुपर्ने याेग्यता ताेकिएकाे छ। साथै, जलविद्युत आयोजनामा वातावरण इन्जिनियर/अधिकृत वा सो सरहको तहमा २ वर्षको अनुभव हासिल गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

सिभिल सब–इन्जिनियरका लागि सिभिल इन्जिनियरिङ विषयमा ३ वर्षे डिप्लोमा गरेको र आयोजना निर्माणमा एक वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ । वरिष्ठ सहायक लेखा/प्रशासनका लागि वित्त/लेखा विषयमा कम्तिमा स्नातक तह उतिर्ण गरी लेखा तथा वित्त व्यवस्थापनको क्षेत्रमा ३ वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ ।

इच्छुक याेग्य व्यक्तिले २०७८ बैशाख १३ गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदक दिँदा  बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रकाे प्रतिलिपि र पासपोर्ट साइजको फोटोसहित बुझाउनुपर्नेछ ।

आवेदकमध्ये शैक्षिक प्रमाणपत्र र सम्बन्धित क्षेत्रमा बढी कार्यानुभव भएकाले रोजगारीको अवसर पाउनेछन् । याेग्य आवेदकले कम्पनीको कार्यालय, महाराजगञ्ज वा इमेल ([email protected].) मार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit