विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । आइडिएस इनर्जी कम्पनीले विभिन्न प्राविधिक पदमा कर्मचारी मागेको छ । कम्पनीले तेह्रथुममा ५.५ मेगावाटको तल्लो खोरुङ्गा खोला जलविद्युत आयोजनामा खटाउने गरी खटाउने गरी सार्वजनिक सूचना निकालेर ४ जना कर्मचारीको पदपूर्ति गर्ने गरी आवेदन खुलाएको हो ।

कम्पनीले सिभिल इन्जिनियर, सर्भेयर, इलेक्ट्रिकल ओभरसियर र मेकानिकल ओभरसियर पदमा १/१ जना कर्मचारी मागेको छ । सिभिल इन्जिनियरका लागि सिभिल इन्जिनियरिङ विषयमा स्तानक तह उत्तिर्ण गरी जलविद्युत आयोजनाको अध्ययन दक्षता भएको, संरचनागत डिजाइन एवं निर्माण सम्बन्धी २ देखि ३ वर्ष कार्यानुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ ।

सर्भेयरका लागि आवेदन दिन इन्जिनियरिङ विषयमा बिइ/डिम्लोमा गरी सम्बन्धीत क्षेत्रमा २ वर्ष काम गरेको हुनुपर्नेछ । यस्तै, इलेक्ट्रिकल ओभरसियरका लागि इलेक्ट्रिक विषयमा सिटिइभिटीबाट सम्बन्धीत विषयमा २ वा ४ वर्षको अध्ययन पूरा गरी जलविद्युत आयोजनामा इलेक्ट्रोमेकानिकल उपकरण जडान तथा सञ्चालनको अनुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ ।

मेकानिकल ओभरसियरका लागि पनि सम्बन्धीत विषयमा सिटिइभिटीबाट २ वा ४ वर्षको अध्ययन पूरा गरी जलविद्युत आयोजनामा हाइड्रोमेकानिकल उपकरण जडान तथा सञ्चालन गर्न सक्ने व्यक्ति योग्य हुने कम्पनीले जनाएको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले आफ्नो वायोडाटा, कार्यानुभवको प्रमाणपत्र र पासपोर्ट साइटको फोटोसहित कम्पनीको इमेल [email protected] मा २०७८ बैशाख २ (१५ अप्रिल) गतेभित्र आवेदन दिनुपर्नेछ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit