विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २९, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । १२ सय मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने चर्चा तथा छलफल भइरहँदा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) पनि यसमा लगानी गर्न तयार रहेको उल्लेख गरेको छ ।

सरकारको विद्युत् विकासको लक्ष्य पूरा गर्न नोडल एजेन्सी (सहयोगी संस्था) को रूपमा भूमिका निर्वाह गर्ने भन्दै आयोजना निर्माणको केही हिस्सा लगानीमा कम्पनी सहभागी हुने उल्लेख गरिएको हो । कम्पनीको सोमबार (असार २७ गते) सम्पन्न ११औं वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) अर्जुनकुमार गौतमले उल्लेखित विषयमा जोड दिँदै अब लगानीको दायरा फराकिलो बनाउँदै लैजाने बताए ।

नेपाल राष्ट्र बैंकले आफ्नै नेतृत्वमा ऊर्जाका विभिन्न आयोजनामा लगानी गर्न पाउने बाटो खोलिदिएपछि कम्पनीले १०६१ मेगावाटको माथिल्लो अरुण २१० मेगावाटको चैनपुर सेतीमा स्रोत जुटाउने अगुवाई गरेको छ । यस्तै, विद्युत् उत्पादन कम्पनीले अगाडि बढाइरहेको १०६ मेगावाटको जगदुल्ला र नेपाल विद्युत प्राधिकरणको ४२ मेगावाटको माथिल्लो मोदीमा लगानी गर्न सहवित्तीयकरणमा सहभागी भएको छ ।

विस्तारै ठूला जलविद्युत् आयोजनामा लगानी बढाउँदै लगेको हुँदा बूढीगण्डकीमा आवश्यक पर्ने ठूलो पुँजीको केही हिस्सामा कम्पनी समेत सहभागी भएर जान सक्ने गौतमले बताए । ‘कम्पनीले गरेको लगानी प्रतिबद्धता, त्यसको आधारमा हुने लगानी प्रवाह योजना र नगद प्रवाह विश्लेषण गरी पुँजी कोषलाई अधिकतम लचकता प्रदान गरिनेछ,’ उनले भने, ‘वित्तीय आवश्यकता योजना र वित्तीय संरचना योजना तयार गरी प्रबन्धपत्रको कार्यादेशअनुसार काम गरिनेछ ।’

कम्पनीले यसअघि जलविद्युत् क्षेत्रमा मात्र लगानी गर्दै आएकोमा अब नवीकरणीय ऊर्जाका अन्य स्रोतमा लगानी गर्न पाउने अनुमति पाएको छ । यही योजना अनुसार अबका दिनमा यसतर्फ पनि लगानी विस्तार गरी एचआइडिसिएललाई मुलुकको अग्रणी संस्था बनाउने गौतमको भनाइ थियो ।

यसैगरी, वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको बचत रकमलाई जलविद्युत् आयोजनाको सेयर लगानीमा उपयोग गरी पुँजी निर्माण गर्ने नीति अनुसार सहायक कम्पनी मार्फत अगाडि बढाइएको घुन्सा र सिम्बुवा खोलाको निर्माण सुरु गर्ने तयारी रहेको उनले जानकारी दिए । यी आयोजना अहिले विद्युत खरिद सम्झौता (पिपिए) गर्ने चरणमा छन् ।

वर्तमान अवस्था

आर्थिक वर्ष २०७८/७९ को कम्पनीको प्रक्षेपित वित्तीय विवरणअनुसार पुँजी कोष २१ अर्ब ९२ करोड र अन्य दायित्व तथा व्यवस्था ९८ करोड रुपैयाँ सहित कूल वित्तीय स्रोत २२ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । यस मध्ये ७ अर्ब ६९ करोड रुपैयाँ ऋण लगानीमा २ अर्ब ६८ करोड रुपैयाँ सेयर लगानीमा ११ अर्ब ३१ करोड रुपैयाँ वाणिज्य बैंकहरूको मुद्दती निक्षेपमा रहेको जनाइएको छ ।

यस्तै, १ अर्ब २२ करोड रुपैयाँ अन्य लगानी एवं चल÷अचल सम्पत्तिमा उपयोग भएको छ । कम्पनीका अनुसार अघिल्लो आवको तुलनामा कूल स्रोतमा १४.२९ प्रतिशतले वृद्धि भएको छ । हालसम्म १३ जलविद्युत आयोजनामा कूल १५ अर्ब ७३ करोड रुपैयाँ ऋण र १२ आयोजनासँग सम्बन्धित कम्पनीमा करिब ९ अर्ब रुपैयाँ बराबरको सेयर लगानीको प्रतिबद्धता जनाइएको छ ।

एक वर्षको उपलब्धि

आव २०७८/७९ मा सेयर लगानीतर्फ १ अर्ब २२ करोड रुपैयाँ र ऋण लगानीतर्फ ३ अर्ब ५८ करोड थप लगानी प्रवाह भइरहेको छ । यस आवमा ९५ करोड रुपैयाँ खुद मुनाफा हुने अनुमान गरिएको छ, जुन अघिल्लो आवको तुलनामा १९ प्रतिशतले बढी हो ।

कम्पनीले पछिल्लो एक वर्षमा विद्युत उत्पादन कम्पनी, एनइए इन्जिनियरिङ कम्पनी, चिलिमे जलविद्युत कम्पनी, राष्ट्रिय प्रसारण ग्रिड कम्पनीसँग समझदारी सम्झौता गरी यसको कार्यान्वयन अगाडि बढाएको छ । साथै, विद्युत प्राधिकरण, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग आयोजनामा लगानी गर्ने सम्बन्धमा सहकार्य र साझेदारीको प्रक्रिया अगाडि बढाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit