विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । छ्याङ्दी हाइड्रो पावर र सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । दुवै कम्पनीले २०७६/७७ को आम्दानीबाट सेयरधनीलाई लाभांश दिन लागेका हुन् ।

छ्याङ्दीले सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश दिने भएको छ । यो कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले सेयरधनी सदस्यलाई लाभांश दिने प्रस्ताव गरेको हो । यो कम्पनीले ५ प्रतिशत बोनस सेयर तथा ०.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीको आगामी पुस २७ गतेका लागि तय भएको वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउने छन् । पुस १६ गतेसम्म कायम सेयरधनीले लाभांश पाउने कम्पनीले जनाएको छ । 

कम्पनीले ३० प्रतिशत हकप्रद सेयर पनि निष्कासन गर्दैछ । साधारणसभाले पारित गरेपछि हकप्रद सेयर निष्कासनको प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

कम्पनीले लमजुङमा निर्माण गरेको २ मेगावाटको छ्याङ्दी खोला साना जलविद्युत आयोजना सञ्चालनमा छ । कम्पनीले ४ मेगावाटको माथिल्लो छ्याङ्दी खोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

यस्तै, सिनर्जी पावरले पनि सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर तथा ०.२५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले दोलखामा सञ्चालित ९.६ मेगावाटको सिप्रिङ खोला जलविद्युत आयोजनाले विद्युत बिक्रीबाट आर्जन गरेको नाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको आगामी पुस २२ गते हुने वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले लाभांश पाउने छन् । कम्पनीले एकै पटक आव ०७४/७५, ०७५/७६ र ०७६/७७ काे साधारणसभा एकै पटक गर्दैछ ।  पुस ११ गतेसम्म कायम रहने सेयरधनीले लाभांश पाउने कम्पनीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit