विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ईलामामा दुई र सिन्धुपाल्चाेकमा एक जलविद्युतगृह सञ्चालन गरिरहेकाे सानिमा माई हाइड्रोपावर कम्पनीले ४० करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार खुद नाफा आर्जन गरेको हो ।

गत आर्थिक वर्षको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अघिल्लो वर्ष ३६ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । नाफा बढेपनि विद्युत बिक्रीबाट हुने आम्दानी भने घटेको छ । यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ८५ करोड ३ लाख रुपैयाँ रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष ८६ करोड ७ लाख रुपैयाँ आम्दानी गरेको थियो । 

सानिमा समूहले अहिलेसम्म ३१.५ मेगावाटका ३ आयोजना (माई २२ मेगावाट, माई क्यासकेड ७ मेगावाट, सुनकोसी २.५ मेगावाट) निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । अहिले २८.१ मेगावाटको तल्लो लिखु, ७३ मेगावाटको मध्यतमोर र १४.९ मेगावाटको माथिल्लो मैलुङ निर्माण गरिरहेको छ । 

५६ मेगावाटको जुम खोला निर्माण गर्न अनुमति पाएको छ । यस्तै, २८५ मेगावाटको माथिल्लो तमोरले उत्पादन अनुमतिपत्र लिएको छ भने ७.५ मेगावाटको माथिल्लो मैलुङ ’बी’ अध्ययन भइरहेको छ ।

यस्तै, गत वर्ष अरुण काबेली पावरले २८ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा बढेको हो । अघिल्लो वर्ष १० करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी बढेसँगै नाफा पनि बढेको कम्पनीले जनाएको छ । यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ७० करोड ६७ लाख रुपैयाँ आम्दानी गरेको छ । 

अघिल्लो वर्ष नोक्सानमा रहेको आँखु खोला जलविद्युत कम्पनीले पनि १० लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । शिव श्री हाइड्रोपावरले १ करोड ८४ लाख र रुरु जलविद्युत कम्पनीले ७ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit