विद्युत अपडेट

  • प्राधिकरण : ९२६७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १८३९८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५८२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २३६७९ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७३४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६१ मे.वा.
२०८३ साउन २७, बुधबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष
जहाँ सडक सकियो, त्यहाँबाट सुरु भयो उज्यालो यात्रा

काठमाडाैँ । दार्चुलाका दुर्गम तथा विकट बस्तीहरूमा विद्युत् पहुँच विस्तार गर्ने उद्देश्यका साथ निर्माणाधीन दार्चुला ग्रामीण विद्युतीकरण आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत कार्यान्वयन भइरहेको यस आयोजना सञ्चालनमा आएपछि लक्षित क्षेत्रका करिब एक लाख मानिसहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन् । 

आयोजनाको निर्माण कार्य कसमिक इलेक्ट्रिक लिमिटेडको नेतृत्वमा रहेको संयुक्त उपक्रम (जेभी) कम्पनी मार्फत भइरहेको छ । आयोजना व्यवस्थापन तथा कार्यान्वयनमा कसमिक इलेक्ट्रिकले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ । अर्काे साझेदार हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले आवश्यक विद्युतीय पोलहरूको आपूर्ति गरिरहेको छ।  

दार्चुला जस्तो विकट पहाडी भूगोल, सीमित सडक पहुँच, उकालो–ओरालो बाटो भएको क्षेत्रमा भौतिक संरचना वा प्रसारण पूर्वाधारको विकास आफैँमा चुनौतीपूर्ण कार्य हो । यद्यपि, निर्माण कम्पनीले सारा चुनौतीलाई चिर्दै आयोजना निर्माण अन्तिम चरणमा पुर्‍याएको हो । 

आयोजना निर्माणको नेतृत्वकर्ता कम्पनी कस्मिक इलेक्ट्रिकल लिमिटेडका अनुसार कतिपय दुर्गम क्षेत्रमा खच्चडमार्फत निर्माण सामग्री ढुवानी गरिएको थियो । कतिपय स्थानमा स्थानीय जनशक्ति तथा श्रमिक आफैँ सामग्री बोकेर आयोजना स्थलमा पुर्‍याएका थिए । यसबाहेक खच्चड र मानिस जान नसक्ने कतिपय ठाउँमा हेलिकोप्टर मार्फत सामग्री ढुवानी गरिएको थियो ।

अझ कतिपय स्थानमा भारी सामाग्री सुरक्षित र प्रभावकारी रूपमा सार्न फिल्ड टोलीले परिस्थितिअनुसार स्थानीय रूपमा मोटराइज्ड केबल लिफ्टिङ तथा ह्यान्डलिङ प्रणालीसमेत तयार गरी प्रयोग गरेको थियो । हेलिकप्टर, खच्चड, मानव श्रम, स्थानीय सीप र आवश्यकताअनुसारका प्रविधि विकास गरेर सामग्री ढुवानी गरी आयोजना निर्माण अघि बढाइएको थियो ।

पोल र तारको संरचना निर्माणमा मात्र यो आयोजना सीमित नभई यसले कठिन भूगोलमा रहेका समुदायसम्म विद्युत् पहुँचसँगै विकास, अवसर र सम्भावना पुर्‍याउने एउटा महत्त्वपूर्ण सारथीको भूमिका समेत निर्वाह गर्ने कम्पनीले उल्लेख गरेको छ ।

आयोजना निर्माणपछि हुने विद्युतीकरणले ग्रामीण भेगका बालबालिकालाई साँझमा अध्ययन गर्न सहज वातावरण सिर्जना गर्ने, सञ्चार तथा प्रविधिसँग जोड्ने, साना व्यवसाय र स्थानीय उद्यमका लागि ढोका खोल्ने तथा समग्र समुदायको आर्थिक-सामाजिक विकासमा मद्दत पुर्‍याउने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३