विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ५, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ४ सय १७ मेगावाटको नलगाड जलाशय जलविद्युत आयोजनाको परामर्शदाताले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्न थप समय मागेको छ । आयोजनाको परामर्शदाताले ४ वर्षमा पनि डिपिआर तयार नभएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसमक्ष तेस्रो पटक थप समय मागेको हो । 

शुक्रबार मन्त्रालयले छलफलका लागि बोलाएपछि परामर्शदाता कम्पनीका प्रतिनिधि  बाबुराम भारद्वाज र रेशम ढकालले डिपिआरको काम नसकिएकाले समय थप गर्न प्रस्ताव गरेका हुन् । अहिलेसम्म आयोजनाको डिपिआरको काम ८५ प्रतिशत मात्रै सकिएको भन्दै बाँकी १५ प्रतिशत कामका लागि परामर्शदालाले १२ सेप्टेम्बर २०२१ सम्मको थप समय मागेको मन्त्रालयले जनाएको छ । 

पहिलो पटक सन् २०१६ मा ३ वर्षभित्र आयोजनाको डिपिआर सम्पन्न गर्ने गरी नलगाड जलविद्युत कम्पनी, अष्ट्रेलियाको स्नोइ माउन्टेन इन्जिनियरिङ कर्पोरेशन (स्मेक), एमडब्ल्युएच र नेपालको उदय जेभीबीच सम्झौता भएको थियो । ३ वर्षमा आयोजनाको डिपिआर नसकिएपछि परामर्शदाताले सन् २०१९ को अगष्टसम्मको समय मागेको थियो ।

यो अवधिमा पनि काम नसकिएपछि दोस्रो पटक मे २०२० सम्म ९ महिना समय थपिएको थियो । मे मै समय सकिए पनि कोभिड–१९ को कारण देखाएर परामर्शदाताले फेरि थप समय मागिरहेको छ ।

परार्शदाताको प्रस्तावको जवाफमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले डिपिआर चाँडो सक्न निर्देशन दिए । उनले अब पनि परामर्शदाताले आलटाल गरेमा सम्झौता नै रद्ध गर्ने चेतावनीसमेत दिए । ‘डिपीआरको काम तोकिएको समयमा सम्पन्न गर्न नसक्नु तपाईहरूको कमजोरी हो । विगतका कमजोरी सच्याएर चाँडै काम सम्पन्न गर्नुहोस्,’ उनले भने, ‘होइन भने सम्झौता खारेज गरेर कारवाहीको दायरामा ल्याउँछौं ।’

उनले परामर्शदाताले काम नगर्दा प्रधानमन्त्री र विभागिय मन्त्रीले खानुपर्ने अवस्था आएकाले कामको लय समात्न निर्देशन दिए । काममा जटिलता भए सहजीकरणका लागि मन्त्रालय तयार रहेको भन्दै उनले अब पनि बहानाबाजी गरेर डिपीआरको काममा थप ढिलाइ भए स्वीकार्य नहुने बताए । परामर्शदाताको चरित्र नफेरिने हो भने मन्त्रालयले विकल्प खोज्ने चेतावनी पनि पुनले दिए ।

मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले कोरोना (कोभिड–१९) महामारीको बहाना देखाएर डिपिआरको काममा ढिलाइ गरेको आरोप लगाए । उनले यस्तो बहानाका लागि परामर्शदातालाई थप समय दिन नसकिने बताए । मन्त्री पुन र वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले आयोजनाको परामर्शदातालाई मन्त्रालयमा बोलाएर आयोजनाको डिपिआरको पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए ।

जाजरकोटको नलगाड गाउँपालिका–७ दल्लीमा विद्युतगृह र बारेकोट गाउँपालिका–८ अँधेरीखोलामा आयोजनाको प्रस्तावित बाँधस्थल छ । नलगाड नगरपालिकास्थित नलगाड खोला र ठूलीगढीको दोभान नजिकै भूमिगत पावर हाउस निर्माण हुनेछ । बारेकोटको अँधेरी खोलादेखि दल्लीसम्म ८.५ किमी लामो मुख्य सुरुङ र २ देखि ३ किलो मिटरसम्मका तीनवटा सहायक सुरुङ बन्नेछन् । ५ सय मिटर लम्बाई र  २ सय ४८ मिटर अग्लो ड्याम बन्नेछ । 

जलासयमा ४७ करोड ४० घनमिटर पानी जम्मा हुन्छ । आयोजनामा चार वटा टर्वान हुनेछन् । प्रत्येक टर्वाइनबाट १०४.२५ मेगावाट विद्युत उत्पादन हुनेछ । आयोजनाबाट एक वर्षमा १२ सय ३२ गिगा आबर ऊर्जा उत्पादन हुन्छ । 

आयोजनाबाट उत्पादित विद्युत ४ सय केभी डबल सर्किट प्रसारण लाइनमार्फत कोहलपुर शवस्टेशनमा जोड्ने योजना छ । आयोजनास्थलबाट कोहलपुरसम्म १ सय १२ किमी लामो प्रसारण लाइन निर्माण गरिनेछ । आयोजनाको प्रवर्द्धक कम्पनीले अहिले प्रभावित क्षेत्रका स्थानीयबाट जग्गा प्राप्तिको काम गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit