images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले २४ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । कम्पनीले निर्माणाधीन तथा निर्माणमा जाने चरणमा रहेका जलविद्युत् आयोजनामा उक्त ऋण प्रवाह  गरेको हो ।

कम्पनीले  आर्थिक वर्ष (आव) २०८०/८१ को तीन महिनाको अवधिमा यति ऋण प्रवाह गरेको हो । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँगको सहकार्यमा निजी क्षेत्रले अघि बढाएको जलविद्युत आयोजनामा ऋण प्रवाह गरेकाे हाे ।

यसैगरी, असोजसम्मको अवधिमा जलविद्युत् आयोजनामा प्रवाह भएको कर्जामध्ये समीक्षा अवधिको अन्त्यसम्ममा ७ अर्ब ५७ करोड कर्जा बाँकी रहेको पनि कम्पनीले जनाएको छ । साथै, ३ महिनाको अवधिमा १ अर्ब ८६ करोण रुपैयाँ ऋण असुल गरिएको पनि वित्तीय विवरणमा उल्लेख छ ।

सार्वजनिक तथा निजी क्षेत्रबाट प्रवर्द्धित आयोजनामा ३ अर्ब २३ करोड रुपैयाँ स्वपूँजी लगानी रहेको पनि कम्पनीले जनाएको छ ।
वित्तीय विवरण समिक्षा अवधिको अन्त्यसम्ममा कम्पनीले ले १३४८ मेगावाटका जलविद्युत आयोजनामा १३.३४ अर्ब रुपैयाँ कर्जा स्वीकृत गरिसकेको छ ।

याे पनि पढ्नुहाेस्

१० हजार मेगावाटमा १५० अर्ब लगानी गर्ने एचआइडिसिएलको लक्ष्य

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit