images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विकास हाइड्रो पावर लिमिटेडले साढे ४४ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारी गरेको हो ।

कम्पनीले ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ । सेयर निष्कासन अनुमतिका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डबाट सेयर बिक्री गर्न अनुमति पाएपछि कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणलाई उक्त सेयर निष्कासन गरी बाँडफाँड गर्नेछ । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।

कम्पनीले गोरखाको धार्चे गाउँपालिकामा ४.५५ मेगावाटको माथिल्लो माछाखोला जलविद्युत् आयोजना निमार्ण गरी सञ्चालन गरिरहेको छ । गैरआवासीय नेपालीहरूको लगानीमा निर्माण भएको आयोजनाबाट २०७९ फागुन १५ गते विद्युत् उत्पादन भइरहेको छ । विद्युत् प्राधिकरणसँग विद्युत खरिद बिक्री (पिपिए) अनुसार २०८० असार ३० गते विद्युत उत्पादन सम्पन्न गर्ने लक्ष्य भएपनि तोकिएको समगभन्दा ६ महिना अगावै उत्पादन सुरु गरेको हो ।

आयोजना सम्पन्न गर्न करिब १ अर्ब रुपैयाँ लगानी लागेको थियो । यसमा ३५ प्रतिशत स्वपुँजी लगानी छ भने बाँकी ६५ प्रतिशत राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गरेको छ ।

आयोजनाले वार्षिक ३१.१५ गिगावाट घन्टा ऊर्जा उत्पादन गर्नेछ जसमा सुख्खा याममा १२.०५ गिगावाट घन्टा र वर्षायाममा १९.१० गिगावाट घन्टा ऊर्जा उत्पादन गर्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit