विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २२.१४ मेगावाटको माथिल्लो बलेफी जलविद्युत आयोजनाको थपिएको क्षमताको विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । प्राधिकरणले आयोजनाको प्रवर्द्धक मुनलाइट हाइड्रो पावर कम्पनीसँग थपिएको ११.५४ मेगावाटको पिपिए गरेको हो ।

सोमबार पिपिएमा हस्ताक्षर भएको कम्पनीका अध्यक्ष वीरेन्द्र न्यौपानेले बताए । उनका अनुसार बढेको क्षमताको पनि हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा प्रतियुनिट ४.८० रुपैयाँ दरमा विद्युत खरिद गर्ने गरी कम्पनी र प्राधिकरणले सम्झौतामा हस्ताक्षर गरेका छन् । 

‘पलिहे आयोजना १०.६ मेगावाट क्षमतामा निर्माण गर्ने गरी पिपिए गरेका थियौं,’ उनले ऊर्जा खबरसँग भने, ‘काम गर्दै जाँदा २२.१४ मेगावाटमा निर्माण गर्न सम्भव देखिएपछि फेरि थपिएको क्षमताको पनि पिपिए भएको हो ।’ उनले पछिल्लो पिपिएअनुसार अबको २ वर्षभित्र आयोजना सम्पन्न गरेर राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नुपर्नेछ ।

पहिलो पटक ४ वर्षअघि १०.६ मेगावाटको पिपिएमा हस्ताक्षर भएको थियो । यो क्षमताका लागि पनि हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा प्रतियुनिट ४.८० रुपैयाँमा पिपिए भएको थियो । 

सिन्धुपाल्चोकको बलेफी खोलामा निर्माणाधीन आयोजनाको आधाभन्दा बढी काम सकिएको छ । आयोजनाको बाँध, पाइप लाइन र विद्युतगृहमा काम धमाधम भइरहेको न्यौपानेले जानकारी दिए ।

आयोजना सम्पन्न गर्न ३ अर्ब ८३ करोड रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा नेपाल बंगालादेश बैंकको अगुवाईमा ७ वटा बैंकले ऋण लगानी गरेका छन् । आयोजना सम्पन्न भएपछि १३२ केभी लामोसँघु सबस्टेसनमा लगेर जोडिनेछ ।

सबस्टेसनसम्म आवश्यक १२ किलोमिटर लामो प्रसारण लाइन आफैं निर्माण गर्ने कम्पनीले जनाएको छ । पहिले आयोजनाको विद्युत बाह्रबिसे सबस्टेसनमा लगेर जोड्ने तय भए पनि पछि लामोसँघुमा जोड्ने निर्णय भएको हो ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit