विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । उत्तरी गोरखाको माछाखोला बजारमा केन्द्रीय प्रसारण प्रणालीको विद्युत पुगेको छ । नेपाल विद्युत प्राधिकरणले विद्युतीकरण विस्तार गरी धार्चे गाउँपालिकाको माछाखोला बजारमा विद्युत सेवा पुर्याएको हो ।

आरुघाट गाउँपालिकाको खुर्सानेदेखि हावाडाँडा, लापुबेसी, नौनीखोला, खानीबेसी हुँदै माछाखोलासम्म ३ सय ३० पोल ठड्याई ११ केभी वितरण लाइन निर्माण गरेर पहिलो पटक केन्द्रीय प्रणालीको विद्युत पुर्याएको प्राधिकरण आरुघाट वितरण केन्द्र प्रमुख निरोज पौडेलले बताए । उनका अनुसार अहिले गाउँपालिकाको कार्यालयसहित माछाखोलाका २० घरधुरीले विद्युत सेवा लिएका छन् ।

‘मिटरहरू वितरण भइरहेका छन्,’ उनले ऊर्जा खबरसँग भने, ‘केही दिनमै ग्राहकको संख्या थपिँदै जाने देखिन्छ ।’ उनले ११ केभी लामो लाइन निर्माण हुँदा धार्चे र चुमनुब्री गाउँपालिकाका सबै वडामा विद्युतीकरण गर्ने आधार बनेको बताए । माछाखाेलामा निजी क्षेत्रका निर्माणाधीन जलविद्युत आयाेजनाका लागि आवश्यक विद्युतकाे उपलब्धता सहज भएकाे उनले बताए । 

विद्युतीकर विस्तार हुँदा मनास्लु हिमालको पथमार्गमा होटल व्यवसाय सञ्चालन गर्नेहरूका लागि सहज भएको पनि पौडेलले बताए । साथै, वितरण केन्द्रले माछामाखोलाबाट गुम्बासम्म विद्युतीकरण गर्न २ सय ५६ वटा ११ केभी लाइनको पोल ठड्याएको छ । अहिले तार तान्ने तथा ट्रान्सफर्मर जडानको काम भइरहेको उनले बताए । चैतभित्र गुम्बासम्म पनि विद्युतीकरण गरिसक्ने लक्ष्य छ ।

यस्तै, माछाखोलादेखि करौंजासम्म र खानीबेसीदेखि कासीगाउँसम्म अर्को ११ केभी लाइन विस्तार हुँदैछ । माछाखोलादेखि करौंजासम्म पोल ठड्याउने काम हुँदैछ भने खानीबेसीदेखि कासीगाउँसम्म पोल ठड्याएर सकिएको वितरण केन्द्रले जनाएको छ । यी दुवै वितरण लाइन चालू आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit