विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ असोज ४, आईतबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट निकालिएका २४ वटा शवको पहिचान तथा सनाखतमा सहयोग गर्न जिल्ला प्रहरी कार्यालय नुवाकोटले मृतकका परिवार तथा आफन्तजनसँग आग्रह गरेको छ ।

गत भदौ १० को विनाशकारी भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि  आमाछोदिङ्गो गाउँपालिका–१ (हाकु) स्थित २१६ मेगावाटको उक्त आयोजनाको सुरुङबाट असोज १ र २ गते ती शवहरू निकालिएको थियो । असोज ३ गते दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत ती शव नुवाकोटको विदुर नगरपालिका–६ स्थित केन्द्रीय कारागार कार्यालय (खम्बाक्याम्प) को परिसरमा ल्याइएको थियो ।

तिनै शव पहिचानका लागि प्रहरीले बेपत्ता कर्मचारी तथा कामदारका परिवार तथा आफन्तजनलाई उपस्थित भई सहयोग गरिदिन आग्रह गरेको हो ।


  

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३