विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हिमाली क्षेत्रमा जलविद्युत विकासलाई व्यवस्थित र उत्पादनमुलक बनाउने उद्देश्यले नेपाल र चीनका दुई विश्व विद्यालयले संयुक्त अनुसन्धान केन्द्रको स्थापना गरेका छन् । नेपालको काठमाडौं विश्व विद्यालय र चीनको बुहान विश्व विद्यालयले ‘हिमालयन क्षेत्रका लागि जलविद्युत अनुसन्धान केन्द्र–(एचआरसिआरआर)’ को स्थापना गरेका हुन् ।

अनुसन्धान केन्द्रको मंगलबार विशेष (भर्चुअल) कार्यक्रम आयोजना गरी औपचारिक उद्घाटन गरिएको छ । अनुसन्धान केन्द्रको नेतृत्व नेपालकोतर्फबाट काठमाडौं विश्व विद्यालयका प्राध्याक भोला थापा र बुहान विश्व विद्यालयका प्राध्यापक क्युयान ज्होङडोङले गरेका छन् । 

काठमाडौं विश्व विद्यालयले लामो समयदेखि जलविद्युतको क्षेत्रमा विभिन्न देशसँग मिलेर अध्ययन अनुसन्धान गरिरहेकाले पछिल्लो पटक चीन पनि जोडिन आइपुगेको थापाले बताए । उनका हिमाली क्षेत्रको जलविद्युतको अवस्था अध्ययन गर्न बुहानले जलस्रोत एवं हाइड्रो पावर इन्जिनियरिङ तथा काठमाडौं विश्व विद्यालयले टर्वाइन परीक्षण प्रयोगशाला स्थापना गरेर अध्ययन अनुसन्धानको काम अघि बढाउने छ ।

उनले अनुसन्धान केन्द्रले संयुक्तरूपमा हिमाली क्षेत्रका अव्यवस्थित जलविद्युतको सम्भाव्यता तथा जलविद्युत आयोजनाको टवाईनमा नदी/खोलाको पानीमा मिसिएर आउने बालुवाले पुर्याउने क्षतिको न्युनिकरण गर्ने प्रविधिको विकासमा अनुसन्धान गरिने बताए । साथै, जलविद्युत आयोजनाको उपयुक्त डिजाइन तथा प्रविधिको विकास गरी ऊर्जा उत्पादन बढाउनुका साथै स्थानीय उद्योगहरूको उत्पादन वृद्धिमा पनि सहयोग पुर्याउने उद्देश्यले राखेर अनुसन्धान केन्द्र काम गर्नेमा उनले जोड दिए ।

आफुले विश्वका विभिन्न विद्यालयसँग मिलेर विगत २० वर्षदेखि टवाईनबारे अध्ययन अनुसन्धान गरिरहेकाले प्राप्त अनुभवलाई यस क्षेत्रको विकासमा लगाउने उनले बताए । बालुवाबाट कम क्षति हुने टर्वाइनको डिजाइन, नमूना परीक्षण एवं व्यापारिक परीक्षण नेपालमै हुनसक्ने हुँदा आफुहरूले विकास गरेको प्रविधिले दक्षिण एसियाली बजारमा पनि स्थान पाउने सम्भावना रहेको थापाको दाबी छ । 

यसअघि सन् २०१७ को डिसेम्बर २२ मा दुवै विश्व विद्यालयबीच अनुसन्धान केन्द्र स्थापना गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो । यही वर्ष सेप्टेम्बर २ मा यसको आशय पत्रमा हस्ताक्षर भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit