विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिमा २५ मेगावाटको सेती नदी जलविद्युत आयोजना निर्माण गरिरहको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले सेयर निष्कास गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले ३८ लाख कित्ता साधारण सेयर निष्कासन अनुमतिका लागि फागुन २१ गते आवेदन दिएको हो । 

सय रुपैयाँ अंकित ३८ करोड २५ लाख रकम बराबरको ३८ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बोर्डबाट अनुमति पाउने लगतै सेयर निष्कासन गरिनेछ । 

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयको लागि सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ र दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिनेछ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ । 

कम्पनीले कास्की जिल्लामा २५ मेगावाटको सेती नदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाबाट २०८० जेठभित्र विद्युत उत्पादन गर्ने लक्ष्य छ । विद्युत प्राधिकरणले यो आयोजनाको विद्युत हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँमा किन्ने गरी विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit