काठमाडौँ । कालिञ्चोक हाइड्रोपावर लिमिटेडले सामूहिक लगानी कोषका लागि सुरक्षित राखिएको साधारण सेयरको 'लक-इन' अवधि आउँदो कात्तिक ६ गतेदेखि समाप्त हुने भएको छ । कम्पनीले सार्वजनिक निष्कासनमार्फत सामूहिक लगानी कोषका लागि निष्कासन गरिएको ५ प्रतिशत सेयरको लक-इन अवधि समाप्त हुन लागेको जानकारी दिएको हो ।
कम्पनीका अनुसार सर्वसाधारणमा गत वैशाख ७ गते बाँडफाँड भएको उक्त सेयरको ६ महिनाको 'लक-इन' अवधि कात्तिक ६ गते पूरा हुँदैछ । प्रतिसेयर १०० रुपैयाँ अङ्कित मूल्यका कुल ४१ लाख २५ हजार रुपैयाँ बराबरको ४१ हजार २५० कित्ता सेयर लक-इनमा रहेको छ ।