विद्युत अपडेट

  • प्राधिकरण : ५८३७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१३१ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९०९८ मे.वा.घन्टा
  • आयात : १२४८३ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १४५५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३१००५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १६१० मे.वा.
२०७९ चैत १९, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर ऊर्जा दक्षता

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले विद्युत नियमन आयोगबाट हकप्रद सेयर निष्कासनको लागि पूर्व स्वीकृति पाएको छ । आयोगले फागुन २६ (शुक्रबार) हकप्रद सेयर निष्कासनको लागि स्वीकृति दिएको हो । 

कम्पनीले २०७९ फागुन १७ गते हकप्रद सेयर निष्कासनका लागि स्वीकृति माग गर्दै आवेदन दिएको थियो । सोहीअनुसार कम्पनीलाई सेयर निष्कासन अनुमति दिएको हो ।

कम्पनीको आर्थिक वर्ष (आव) २०७७/७८ को चुक्ता पूँजी ४१३.३२ करोडको एक बरारबर ०.४० प्रतिशतले हुन आउने अर्थात १६५.३२ करोड रकम बराबरको सय रुपैयाँ अंकित १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको हो । 

कम्पनीको दार्चुलामा निर्माण सम्पन्न ८.५ मेगावाटको नौगड गाढ  र ८ मेगावाटको माथिल्लो नौगड गाड जलविद्युत आयोजनाले निरन्तर विद्युत उत्पादन गरिरहेका छन । साथै, सोही जिल्लामा ४० मेगावाटको माथिल्लो चमेलिया निर्माणाधीन  छ । 

प्रतिक्रिया दिनुहोस

© 2023 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit