विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सर्वसाधारणले रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले सर्वसाधारणका लागि जेठ १८ गतेदेखि निष्कासन गरेको सेयर आवेदन आज साँझ ५ बजेबाट सकिन लागेको हो । 

कम्पनीको जारी पूँजी २८ करोडको ३० प्रतिशत अर्थात ८ करोड ४० लाख रकम बराबरको सय रुपैयाँ अंकित ८ लाख ४० हजार कित्ता साधरण सेयर मध्येको ५६ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि तथा २ लाख ८० हजार कित्ता सेयर प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरी ८७ हजार ६ सय ७० कित्ता सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले स्थानीयमा बिक्री नभइ बाँकी रहेको १ लाख ५२ हजार ३ सय ३० कित्ता सेयर थप गरी ६ लाख ५६ हजार ३ सय ३० कित्ता सेयरमध्येको १५ हजार ४७ कित्ता कम्पनीका कर्मचारीका लागि, ३७ हजार  ६ सय १६ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरी बाँकी रहेको ६ लाख ४३ हजार ६ सय ६७ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो । 

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको खोटाङमा ३ मेगावाटको माथिल्लो रावा खोला साना जलविद्युत आयोजना सञ्चालनमा छन् भने २.५ मेगावाटको मध्य रावा खोला खोला जलविद्युत आयोजना निर्माणाधीन छन् । 

कम्पनीले निर्माण गरी सञ्चालन गरेको ३ मेगावाटको माथिल्लो रावा खोला साना जलविद्युत आयोजनाको कुल लागत सहित प्रति मेगावाट २१ करोड ५५ लाख रहेको छ र जलविद्युत आयोजनको कुल लागत भने ६४ करोड ६५ लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit