विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । एनएमबी बैंक लिमिटेड र हाइड्रो इलेक्ट्रिसिटी इन्भेसमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) ले ४२ मेगावाटको माथिल्लो मादी ‘ए’ जलविद्युत आयोजनामा लगानी गर्ने भएका छन् । मोदी जलविदुत कम्पनीले कास्कीको अन्नपूर्ण गाउँपालिकामा पहिचान गरेको आयोजना अघि बढाउन लगानी गर्ने भएको हुन् ।

आयोजनामा लगानी गर्न बैंक, एचआईडिसीएल र प्रवद्र्धक कम्पनीबीच सम्झौता भएको छ । सम्झौता अनुसार आयोजनाको कुल लागतको ७० प्रतिशत बैंकको अगुवाइमा एचआईडिसीएलले लगानी गर्ने छ ।

आयोजना सम्पन्न गर्न ९ अर्ब ८ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । जसमा ६ अर्ब ३६ करोड रुपैयाँ ऋण लगानी रहनेछ । बाँकी स्वपूँजी रहने कम्पनीले जनाएको छ ।

बैंकले हालसम्म ५९९ मेगावाटका ४५ जलविद्युत आयोजनामा लगानी गरेको छ । बैंकले २९ अर्ब रुपैयाँ लगानी गरेको छ । जसमा २७ वटामा लिड बैंक रहेको छ । लगानी भएका मध्ये २३ जलविद्युत आयोजनाको निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् । बाँकी २२ जलविद्युत आयोजना निर्माणाधीन छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit