काठमाडौँ । नेपाल विद्युत् प्राधिरकणले गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका २७ सहिद परिवारका व्यक्तिलाई रोजगारीका लागि सम्पर्कमा आउन आह्वान गरेको छ । सहिद परिवारका सदस्यलाई रोजगारी पेश गरिएको निवेदनका आधारमा प्राधिकरणले रोजगार गर्न इच्छुक २७ जनाको नाम सार्वजनिक गरेको हो ।
साथै प्राधिकरणले सहीद परिवारका लागि दिन लागिएको उक्त अवसरमा निवेदन प्राप्त भएका परिवारबाहेक अरु कसैको हकदाबी लाग्ने भएमा ३५ दिनभित्र प्राधिकरणसमक्ष प्रमाणसहित दाबी पेश गर्न आग्रह गरेको छ ।
रोजगारीका लागि इच्छुक सहिद परिवारका व्यक्तिले पशे गरेको निवेदन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २०८२ मंसिर २० गते प्राधिकरणलाई उपलब्ध गराएको थियो । ‘जेन–जी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८२’ अनुसार प्राधिकरणमा सहित परिवारका सदस्यलाई रोजगारी उपलब्ध गराउन लागिएको हो ।
