विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज १, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

कपिलवस्तु । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सक्रियतामा कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका–१० हरदौनास्थित बाणगङ्गा नदीको तटबन्धन कार्यक्रम शुरू भएको छ । 

गत असार दोस्रो साता बाणगङ्गा नदीमा आएको बाढीले वस्तीमा क्षति पुगेपछि कपिलवस्तुका संघीय सांसद सुरेन्द्रराज आचार्यलगायतको टोली बस्ती जोगाउन माग गर्दै उmर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेको थियो । 

नदी वरपरको वस्तीमा क्षति पुगेपछि मन्त्री दीपक खड्काले नदी वरपर तत्काल तटबन्धनको काम अगाडि बढाउन जनताको तटबन्धन कार्यक्रम फिल्ड कार्यालय नम्बर ५ बुटवल रुपन्देहीलाई निर्देशन दिएका थिए ।  

मन्त्री खड्काको निर्देशनसँगै तटबन्धनको काम शुरू भएको हो । कार्यालयका प्रमुख, सिनियर डिभिजनल इन्जिनियर शम्भुराज पण्डितले हालसम्म १०० मिटर तटबन्धन भइसकेको जानकारी दिए । बाढीले दुई घर विस्थापित हुनुका साथै २५ घर जोखिममा परेका थिए भने ३ रोपनी जमिन बगाएको थियो ।     
    
‘कार्यालयमा नदी तटबन्धनको लागि आकस्मिक बजेट नभएपछि आवश्यक रकम मागका लागि विभाग र मन्त्रालयमा पठाएका थियौँ,’ कार्यालय प्रमुख पण्डितले भने, ‘ मन्त्रालयकै निर्देशनमा उक्त कामलाई अगाडि बढाएका हौँ ।’

कुल १७० मिटर तटबन्धन गर्नुपर्नेमा हालसम्म १०० मिटरमा तटबन्धनको काम सकिएको छ । २४ लाख लागतमा तटबन्धनको काम सम्पन्न हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३