विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ललितपुर महानगरपालिकाले वडा नम्बर ९ बालकुमारीमा विद्युतीय शवदाहगृह निर्माण गर्ने भएको छ । सरकारले विद्युत खपत बढाउने भनिरहँदा महानगरपालिकाले उक्त काम अगाडि बढाउन लागेको हो ।

महानगरपालिकाले विद्युतीय शवदाहगृह निर्माण गर्दा पर्न सक्ने असरबारे स्थानीयसँग राय/सुझाव माग गरेको छ । प्रारम्भिक वातावारणीय परीक्षण अध्ययनको तयारी  गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक भौतिक, सांस्कृतिक, आर्थिक, सामाजिक प्रणालीमा केकस्तो प्रभाव पर्दछ भनि यकिन गर्न राय÷सुझाव मागिएको जनाइएको छ ।

महानगरपालिकाका अनुसार त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति वा संस्थाको लिखित राय÷सुझाव ७ दिनभित्र उपलब्ध गराउनुपर्ने छ ।

शवदाहगृह १४८९९.४७ वर्गमिट जग्गामा निर्माण हुने तथा आरसिसी संरचनामा रहने २ तले हुने उल्लेख छ । शवदाहगृहमा नेपाल विद्युत प्राधिकरणमार्फत विद्युत आपूर्ति हुनेछ । यसअघि पनि ललितपुरको वडा नम्बर ११ मा शवदाहगृह निर्माण गर्न इजि टेक्निकल सर्भिसेस प्रालिले प्रस्ताव गरेको थियो ।
यसअघि, पशुपति क्षेत्रमा यस्तो शवदाहगृह निर्माण गरी सञ्चालनमा ल्याइएको छ तर त्यो प्रभावकारी रूपमा सञ्चालन भइरहेको छैन ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit