विद्युत अपडेट

  • प्राधिकरण : ६२५० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६२७४ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०१७७ मे.वा.घन्टा
  • आयात : ४७५३ मे.वा.घन्टा
  • निर्यात : ९८ मे.वा.घन्टा
  • ट्रिपिङ : ३५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८०५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०७७ मे.वा.
२०८२ माघ ७, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
डेडिकेटेड फिडर तथा ट्रंक लाइनको महसुल विवाद  

काठमाडौँ । डेडिकेटेड फिडर तथा ट्रंक लाइनको महसुल बक्यौता रहेका उद्योगमा लाइन जोड्ने निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । बक्यौता महसुल नतिरिकन उद्योगहरुमा लाइन जोड्न सोमबारको मन्त्रिपरिषद्ले गरेको निर्णयविरुद्ध अघिवक्ता खडानन्द कँडेलले मंगलबार रिट निवेदन दायर गरेका थिए । उक्त रिटको सुनुवाइ गर्दै बुधबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । 

रिटमा अधिवक्त कँडेलले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, नेपाल विद्युत् प्राधिकरणलगायतलाई विपक्षी बनाई उत्प्रेषणको आदेश माग गरिएको थियो । 

उक्त रिटको सुनुवाई बुधबार न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा भएको थियो ।  

१५ दिनभित्र महसुल उठाउने गरी उद्योगहरूमा तत्काल लाइन जोड्न सोमबारको मन्त्रिपरिषद्ले निर्देशन दिएको थियो । त्यसै अनुसार प्राधिकरण सञ्चालक समितिको अध्यक्षसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिले मंगलबार २४ घण्टाभित्र लाइन जोड्ने निर्णय गरेको थियो । 

पछिल्लो समय प्राधिकरणले बक्यौता नतिरेको भन्दै ३४ उद्योगको लाइन काटेको थियो । यी मध्ये ६ वटा उद्योगले किस्ताबन्दीमा बक्यौता तिर्न पाउने सुविधा लिएर लाइन सुचारु गराएका थिए । प्राधिरकणले लाइन काटिएका उद्योगहरूमा नेपाल विद्युत् प्राधिकरणले पुनः लाइन जोडेको हो । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३