images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपालका निजी ऊर्जा उत्पादकहरूले २०० मेगावाटसम्मको बिजुली बेच्ने गरी भारतीय कम्पनीहरूसँग समझदारी गरेका छन् । मंगलबार (बैशाख ५ गते) सुरु भएको दुई दिने ऊर्जा सम्मेलन, २०२३ का क्रममा उक्त समझदारी गरिएको हो ।

समझदारी हुने आयोजनामा १०३.५ मेगावाटको चुवाखोला जलविद्युत आयोजना निर्माणकर्ता बिजबेल इनर्जी प्रालि र भारतको मानिकरण पावर, ८५ मेगावाटको कसुवाखोला निर्माणकर्ता कसुवाखोला हाइड्रो पावर लिमिटेड र मानिकरणसँग विद्युत व्यापार गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । थप, विद्युत व्यापारका लागि संलग्न अर्को आयोजनाको भने नाम खुलाइएको छैन ।

विद्युत व्यापार गर्न निजी क्षेत्रलाई सरकारले अनुमति दिएको छैन तर सरकारलाई दबाब दिन र आगामी दिनमा निजी क्षेत्रमार्फत पनि विद्युत व्यापारको ढोका खुला गर्नका लागि यस खालको समझदारी गरिएको ऊर्जा सम्मेलनका संयोजक आशिष गर्गले ऊर्जा खबरलाई जानकारी दिए । भारतका विद्युत व्यापार कम्पनीहरू नेपालका निजी क्षेत्रसँग विद्युत खरिद गर्न इच्छुक रहेको निजी क्षेत्रले बताउँदै आएको छ ।

विद्युत व्यापारलाई फराकिलो बनाउने उद्देश्यले ऊर्जा सम्मेलनकै क्रममा स्टिल मिट र नेपालको पावर एक्सचेन्ज कम्पनी प्रालिबीच पनि समझदारी भएको छ । सम्मेलनको पहिलो सत्र प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit