विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अपेक्षित उपलब्धि नदेखिएको भन्दै ५५ वटा जलविद्युत् आयोजनाका प्रवर्द्धकलाई विद्युत् विकास विभागले स्पष्टिकरण सोधेको छ । विभागले मंसिर तेस्रो साता सूचना जारी गर्दै ती प्रवर्द्धकलाई लिखित जवाफसहित प्रस्तुत हुन बोलाएको थियाे ।

विद्युत् उत्पादन अनुमति जारी भएका तर लामो समयसम्म पनि भौतिक र वित्तीय प्रगति न्यून देखिएका आयोजना प्रवर्द्धकलाई बोलाइएको विभाग, अनुमति महाशाखाका उप–सचिव आशिष श्रेष्ठले बताए ।

‘नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पिपिए) भई बिजुली उत्पादनका लागि तोकिएको मितिसमेत सकिन लागेका र सकिएका आयोजना प्रवर्द्धकलाई प्रगति विवरणसहित बोलाएका छौँ,’ उनले भने, ‘उनीहरूसँग आयोजनाको भौतिक तथा वित्तीय प्रगति न्यून हुनुका कारणउपर छलफल गछौँ, त्यसपछि प्रतिवेदन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पठाउँछौँ ।’

आयोजनाको निर्माणमा भइरहेको ढिलाइ तथा त्यसमा भएका समस्या, बाधा, व्यवधानबारे छलफल गरिने पनि उनले बताए । विभागले प्रवर्द्धक कम्पनीलाई छुट्टा–छुट्टै समय तोकेर लिखित जवाफसहित बोलाएको छ ।

विभागले प्राधिकरणलाई पनि दुई जलविद्युत् आयोजनाको भौतिक र वित्तीय प्रगतिसहित बोलाएको छ । प्राधिकरणको ४२ मेगावाटको माथिल्लो माेदी ए र १८.२ मेगावाटको माथिल्लो मोदी क्यासकेड जलविद्युत् आयोजनाको प्रगति न्यून देखिएको हाे ।

यसैगरी, ९९.८ मेगावाटको तामाकोसी–५, १६४ मेगावाटको कालीगण्डकी गर्ज, १३८ मेगावाटको माथिल्लो मर्स्याङ्दी १, १३५ मेगावाटको मनाङ मर्स्याङ्दी, १४० मेगावाटको लोअर मनाङ् मर्स्याङ्दी, ४२० मेगावाटको तिला–२, ४४० मेगावाटको तिला १, १६० मेगावाटको लप्चे खोला लगायतका आयोजना प्रवर्द्धकलाई प्रगति विवरणसहित उपस्थित हुन आग्रह गरेकाे छ ।

यस्ताे छ आयोजना प्रवर्द्धककाे सूची

 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit