विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रसुवास्थित मैलुङ खोला बेसिनमा ४६.२२ मेगावाटका जलविद्युत आयोजना अघि बढेका छन् । निजी क्षेत्रले स्वदेशी लगानीमा अघि बढाएका ५ जलविद्युत आयोजना विभिन्न चरणमा पुगेका हुन् ।

मैलुङ खोला हाइड्रो पावर कम्पनीले निर्माण गरेको ५ मेगावाटको मैलुङ खोला आयोजना अहिले सञ्चालनमा छ । यो आयोजनाले २०७१ साल असारदेखि विद्युत उत्पादन गरिरहेको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त आयोजना पुनर्निर्माण गरेर सञ्चालनमा ल्याइएको हो ।

२०.७२ मेगावाटका २ जलविद्युत आयोजना निर्माणाधीन छन् । यो बेसिनमा अहिले सानिमा समूहको लगानीमा १४.३ मेगावाटको माथिल्लो मैलुङ निर्माणाधीन छ । अहिलेसम्म आयोजनाको ३० प्रतिशत बढी निर्माण पूरा भइसकेको छ । 

सानिमा हाइड्राे समूहको सहायक अप्पर मैलुङ खोला हाइड्रो पावर कम्पनीले यो आयोजना निर्माण गरिरहेको छ । नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौता (पिपिए) अनुसार २०७८ साल भित्रै आयोजना सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्नुपर्ने तालिका छ । तर, स्थानीय, अवरोध, कोरोना (कोभिड–१९) महामारीको असरलगायत कारणले निर्माण प्रभावित हुँदा उत्पादन तालिका धकेलिने देखिएको छ । 

यो आयोजना सम्पन्न गर्न २ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा सिद्वार्थ बैंकको अगुवाईमा नेपाल एसबीआई बैंकले ७५ प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी २५ प्रतिशत स्वपँुजी लगानी छ ।

यस्तै, ६.४२ मेगावाटको माथिल्लो मैलुङ ‘ए’ आयोजना पनि निर्माणाधीन छ । यो आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । इनर्जी इन्जिनियरिङ कम्पनीले निर्माण गरिरहेको आयोजनाबाट आगामी असोजभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ । 

२०७० सालबाट निर्माण सुरु भएको आयोजना साढे ७ वर्षपछि सञ्चालनमा आउन लागेको हो । कमजोर भौगोलिक अवस्था, भूकम्प, नाकाबन्दी पहिरो एवं कोभिड–१९ महामारीको मार झेल्दै आएको आयोजनाको काम ९६ प्रतिशत पूरा भइसकेको छ । बाँकी काम ६ महिनाभित्र पूरा गरी विद्युत उत्पादन सुरु गरिनेछ । 

आयोजना सम्पन्न गर्न १ अर्ब ९३ करोड ६५ लाख ३७ हजार रुपैयाँ लागत अनुमान गरिएको छ । विविध कारणले आयोजना निर्माण लम्बिएपछि लागतमा थपिएको प्रशासनिक खर्च, बैंकको ब्याजलगायत कारणले लागत बढ्न गएको कम्पनीले जनाएको छ ।

निर्माणाधीन दुवै आयोजना पूरा भएपछि उत्पादीत विद्युत प्राधिकरणको त्रिशुली थ्री ‘बी’ हब सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गरिरहेका छन् ।

यसैगरी, यही बेसिनमा २ जलविद्युत आयोजनाको अध्ययन भइरहेको छ । अध्ययनरत यी आयोजनाको जडित क्षमता २०.५ मेगावाट  छ । ७.५ मेगावाटको माथिल्लो मैलुङ ‘बी’ सानिमा हाइड्रो पावर कम्पनीले नै अध्ययन गरिरहेको छ । अहिले आयोजनाको अध्ययन अन्तिम चरणमा पुगेको छ । 

मैलुङ खोला हाइड्रो पावर कम्पनीले १३ मेगावाटको मध्य मैलुङ क्यासकेड आयोजनाको अध्ययन गरिरहेको छ । यो आयोजनाको पनि अध्ययन अन्तिम चरणमा पुगेको छ । अध्ययन पूरा भई  वित्तीय स्रोत जुटाएरपछि दुवै आयोजना निर्माणमा जाने छन् । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit