विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नबिल बैंक १८ औँ हस्तकला व्यापार मेला र १६ औँ हस्तकला प्रतियोगिताको बैंकिङ्ग पार्टनर बनेको छ । नेपाल हस्तकला महासंघको आयोजनामा शुक्रबारदेखि देखि मंसिर ५ सम्म हयात रिजेन्सी होटलमा हुने व्यापार मेला तथा प्रतियोगिताको बैंकिङ पार्टनर बनेको हो ।

बैंक र नेपाल हस्तकला महासंघसँगबीच बैंकिङ्ग पार्टनर सम्बन्धी साझेदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकको तर्फबाट एसएमई तथा माइक्रो फाईनान्स प्रमुख निरज बस्नेत डनिल र महासंघका तर्फबाट महानिर्देशक तारक थापाले साझेदारी पत्रमा हस्ताक्षर गरेका छन् । 

बैंकले महासंघसँगको सम्बन्धलाई निरन्तरता दिंदै यस वर्ष समेत कार्यक्रममा सहयोग तथा सहकार्य गर्ने निर्णय गरेको हो । महासंघसँग बैंकको यो तेस्रो सहकार्य हो । साथै, नेपाली उत्पादनलाई सहयोग एवं प्रोत्साहन गर्ने उद्देश्यले बैंकको पहल तथा दिगो बैकिङ्ग दृष्टिकोण अनुरुप साझेदारी गरिएको हो । 

एउटै छाताभित्र हस्तकला व्यवसाय प्रवर्द्धन गर्ने आयोजना गरिएको कार्यक्रममा आधिकारिक बैंकिङ्ग पार्टनरको रूपमा जोडिन पाउँदा गौरव लागेको बैंकका साना तथा मझौला उधम एवं लघुवित्त कर्जा विभाग प्रमुख डनिलले  बताए । उनले कोरोना महामारीको मारले थला परेको हस्तकला व्यवसायको  पुर्नरुत्थान गरी पु¥याई दक्ष जनशक्तिको रोजगारी सुनिस्चित गर्न सहयोग पुग्ने बताए । 

महासंघका महानिर्देशक थापाले नेपाली हस्तकला उद्यम र व्यवसाय प्रर्वद्धनका लागि आयोजना गरिने राष्ट्रिय स्तरका व्यापार मेलामा  बैंकको निरन्तरको सहयोग र सहकार्यले समस्त हस्तकला व्यवसाय फष्टाउँदै जाने बताए । मेला शुक्रबारदेखि सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit