विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा क्षेत्रका लागि २०७७ साल त्यति उपलब्धीमूलक रहन सकेन । कोरोना (कोभिड–१९) महामारीको असरले निर्माणाधीन अधिकांश विद्युत आयोजना प्रभावित भई विद्युत उत्पादनको लक्ष्य पूरा नहुँदा यो साल ऊर्जा क्षेत्रका लागि उपलब्धीमूलक हुन नसकेको हो ।

बितेको सालमा जलविद्युत, सौर्य विद्युत र चिनी उद्योगका गरी १३ विद्युत आयोजना मात्रै  राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन सके । जसमा ९ जलविद्युत, ३ सौर्य विद्युत र एउटा चिनी उद्योगका आयोजना पर्छन् ।

यी विद्युत आयोजनाको १००.६ मेगावाट विद्युत गत साल प्रसारण प्रणालीमा थपिएको छ । सालको सुरु बैशाख महिनामा कुनै विद्युत आयोजनाले उत्पादन सुरु गरेका छैनन् । जेठ महिनामा ९.६ मेगावाटको सुपर माई ‘ए’ जलविद्युत आयोजना प्रणालीमा जोडिएको नेपाल विद्युत प्राधिकरणको तथ्यांकमा छ ।

सगरमाथा जलविद्युत कम्पनीले निर्माण गरेको आयोजना गत सालको जेठ ३२ गते व्यापारिक उत्पादन सुरु गर्ने गरी प्रसारण प्रणालीमा जोडिएको हो । यो आयोजना लक्ष्यभन्दा ८ महिना पहिले नै सम्पन्न भई प्रणालीमा जोडिएको थियो ।

सुपर माई ‘ए’ कै लगानीकर्ता रहेको ३.८ मेगावाटको सुपर माई क्यासकेड आयोजना गत साल असारदेखि प्रणालीमा जोडियो । माई खोला हाइड्रो पावर कम्पनीले निर्माण गरेको यो आयोजना पनि लक्ष्यभन्दा १ वर्ष अघि नै सम्पन्न भई सञ्चालनमा आएको हो ।

यस्तै, १ मेगावाटको हाँडीखोला, ३ मेगावाटको माथिल्लो रावा, १२ मेगावाटको नामार्जुन मादी, ८.५ मेगावाटको बुटवल सौर्य विद्युत र ५ मेगावाटको घट्टे खोला आयोजना सालको मध्यतिर प्रणालीमा जोडिएका हुन् । 

सेन्चुरी इनर्जी कम्पनीले निर्माण गरेको हाँडीखोलाले भदौदेखि विद्युत उत्पादन सुरु गरेको हो । रावा इनर्जी कम्पनीले निर्माण गरेको माथिल्लो रावा र हिमालयन हाइड्रो पावर कम्पनीले निर्माण गरेको नामार्जुन मादी असोज महिनादेखि प्रसारण प्रणालीमा जोडिए । 

रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले निर्माण गरेको बुटवल सौर्य विद्युत आयोजना र मनकामना इन्जिनियरिङ हाइड्रो पावर कम्पनीले निर्माण गरेको घट्टे खोला कात्तिकदेखि प्रणालीमा जोडिएका हुन् ।

गत साल इतिहासमै पहिलो पटक चिनीको खोस्टाबाट पनि विद्युत उत्पादन गरिएको छ । एभरेष्ट सुगर एण्ड केमिकल उद्योगले उखुको खोष्टा (बगास) बाट ३ मेगावाट विद्युत उत्पादन गरी विद्युत प्राधिकरणलाई विद्युत बेच्न सुरु गरेको छ । एभरेष्ट सुगर एण्ड केमिकल उद्योगले उत्पादन गरेको विद्युत गत माघदेखि प्रणालीमा थपिएको हो ।

निजी क्षेत्रले निर्माण गरेका ४.५ मेगावाटको विजयपुर–२, १० मेगावाटको मिथिला सौर्य विद्युत, २२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’, ८ मेगावाटको टक्सार पिखुवाको विद्युत पनि प्रणालीमा थपिएको छ । सिभिल हाइड्रो पावर कम्पनीले निर्माण गरेको विजयपुर–२ र इको पावर डेभलेपमेन्ट कम्पनीले निर्माण गरेको मिथिला सौर्य विद्युत आयोजनाले गत फागुनदेखि व्यापारिक विद्युत उत्पादन सुरु हुन् ।

शिवश्री हाइड्रो पावरले निर्माण गरेको माथिल्लो चाकु ‘ए’ र टक्सार पिखुवा हाइड्रो पावर कम्पनीले निर्माण गरेको टक्सार पिखुवा आयोजना चैतदेखि प्रणालीमा जोडिएका हुन् । विद्युत प्राधिकरणले पनि १० मेगावाट सौर्य विद्युत प्रणालीमा जोडेको छ । नुवाकोटमा निर्माणाधीन २५ मेगावाटको सौर्य विद्युत आयोजनाबाट गत १० मेगावाट उत्पादन भई गत फागुनदेखि प्रणालीमा जोडिएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit