विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सल्लेरी च्याल्सा विद्युत कम्पनी लिमिटेडले ४ कर्मचारी माग गरेको छ । कम्पनीको लागि रिक्त पदमा स्थायी पदपुर्तिका लागि कर्मचारीको माग गरेको हो ।

तह ३ देखि १० सम्मका ४ रिक्त पदपुर्ति गर्न आवेदन खुलाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार तह १० का लागि १ प्राविधिक अधिकृत, तह ८ का लागि १ प्लान्ट सुपरभाइजर र १ इलेक्ट्रिकल ओभरसियर र तह ३ का लागि १ क्यासियरको माग गरेको हो ।

प्राविधिक अधिकृतका लागि इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा स्नात्तक तह उत्तीर्ण गरी कम्तीमा सम्बन्धीत क्षेत्रमा २ वर्षसम्म काम गरेको अनुभव हुनुपर्नेछ । 

यसैगरी, तह ८ का प्लान्ट सुपरभाइजका लागि मेकानिकल इन्जिनियरिङ विषयमा डिप्लोमा तह उतीर्ण गरी सम्बन्धीत क्षेत्रमा १ वर्षसम्म काम गरेको अनुभव हुनुपर्ने र इलेक्ट्रिकल ओभरसियरका लागि इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा डिप्लोमा तह उतीर्ण गरी सम्बन्धीत क्षेत्रमा १ वर्ष कार्य अनुभव भएको हुनुपर्नेछ ।

तह ३ का क्यासियरका लागि लेखा विषय लिई कक्षा ११ उतीर्ण गरी सम्बन्धीत विषयमा १ वर्षसम्म काम गरेको अनुभव हुनुपर्ने र अफिस सफ्टवेर सम्बन्धी तालिम/अनुभव प्राप्त भएको हुनुपर्नेछ ।

इच्छुक व्यक्तिले जेठ ९ गतेभित्र कम्पनीको कार्यलयमा आइपुग्ने गरी आवेदन दिइसक्नुपर्नेछ । समयमै दरखास्त परेको र दस्तुर बुझाएका मध्येबाट योग्यता पुगेका दरखास्तवालालाई मात्र परीक्षामा सामेल गराउने कम्पनीले जानकारी दिएको छ । आवेदन दिंदा बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटोसहित बुझाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit