विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । थ्री स्टार हाइड्रो पावर कम्पनीमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले खोटाङको हलेसी हुवाचुङ नगरपालिकामा रहेको आयोजनामा खटाउने गरी आवेदन खुलाएको हो ।

हलेसीमा सञ्चालित ६.६ मेगावाटको साप्सु खोला जलविद्युत आयोजनामा खटाउने गरी ५ कर्मचारीका लागि आवेदन खुलाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १ जना प्लान्ट इन्चार्ज माग गरिएको छ । प्लान्ट इन्चार्जका लागि इलेक्ट्रिकल इन्जिनियरीयर उत्तिर्ण गरी कम्पनीमा एक वर्षको अनुभव भएको हुनुपर्नेछ ।

यस्तै, १ जना इलेक्ट्रिकल ओभरसेयर माग गरिएको छ । यसका लागि इलेक्ट्रिकल ओभरसेयर उत्तिर्ण गरी कम्तीमा एक वर्षको अनुभव भएको हुनपर्नेछ । २ जना इलेक्ट्रिकल सब ओभरसेयर माग गरेको छ । यसका लागि इलेक्ट्रिकल सब–ओभरसेयर उतिर्ण गरी कम्पनीमा एक वर्षको अनुुभव हुनुपर्नेछ । यस्तै, एक जना कुकका लागि २ वर्षको अनुभव हुनुपर्नेछ ।

कम्पनीका अनुसार इच्छुकले आवेदन दिँदा  बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटोसहित बुझाउनुपर्नेछ ।

आवेदकमध्ये शैक्षिक प्रमाणपत्र र सम्बन्धित क्षेत्रमा बढी कार्यानुभव भएकाले रोजगारीको अवसर पाउनेछन् । योग्य आवेदकले कम्पनीको इमेल ([email protected]) मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाले गत मंसिर दोस्रो सातादेखि विद्युत उत्पादन सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit