विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत विकास विभागले ६६ केभी भन्दा कम क्षमताका ६९ विद्युत प्रसारण लाइन आयोजनालाइ निर्माण अनुमति दिएकाे छ । विभागले नेपाल विद्युत प्राधिकरण र निजी ऊर्जा उत्पादकले निर्माण गरिरहेको जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न यी प्रसारण लाइन आयोजनालाइ निर्माण अनुमति दिएकाे हो ।

निर्माण सम्पन्न भएका, निर्माणधीन र निर्माणमा जाने आयोजनाको विद्युत प्रवाह गर्ने उदेश्यले सरकार तथा निजी क्षेत्रले प्रसारण लाइन आयोजना निर्माण अनुमति पाएकाे विभागले जनाएको छ । विभागका अनुसार यी आयोजनाहरु निर्माणका विभिन्न चरणमा छन् । ११ केभी, ३३ केभी र ६६ केभीका प्रसारण लाइनले अनुमति पाएका हुन् ।

अनुमति पत्र जारी भएका लाइनमध्ये ६६ केभीको ५ आयाेजना छन् । प्राधिकरणले चिलिमे–देवीघाट र के–३ प्रसारण लाइन निर्माण गर्न अनुमति पाएकाे छ । यस्तै, मैलुङ खाेला जलविदुयत कम्पनीले मैलुङ खोला, माण्डु हाइड्रो पावरले बागमती–कुलेखानी र श्री चिलिमे जलविद्युत कम्पनीले सान्जेन– चिलिमे प्रसारण लाइन निर्माण अनुमति पाएकाे विभागकाे वेपसाइटमा उल्लेख छ ।

साथै, ११ केभीको एक मात्र सुनकोशी सानो प्रसारण लाइनले निर्माण अनुमति पाएको छ । यो प्रसारण लाइनले २०६० वैशाख ५ गते निर्माण अनुमति पाएको थियो । ३३ केभीको ६३ वटा प्रसारण लाइन पनि निर्माणको विभिन्न चरणमा पुगेका विद्युत विकास विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यस्तै, उच्च क्षमताका १३२ केभीदेखि ४ सय केभी क्षमतासम्मका १०७ प्रसारण लाइन आयोजना निर्माण गर्न अनुमति जारी गरिएको छ । विभागका अनुसार यी आयोजना निर्माणका विभिन्न चरणमा छन् । १३२ केभी क्षमताका ८०, २२० केभी क्षमताका २३ र ४०० केभी क्षमताका ४ प्रसारण लाइनले निर्माण अनुमति पाएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit