विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण, मौलापुर वितरण केन्द्रमा कार्यरत सहायक इन्जिनियरमाथि स्थानीयले आक्रमण गरेका छन् । शुक्रबार ( फागुन ५ गते) बिहान करिब  १० बजेतिर डाइरेक्ट (हुकिङ) लाइन जडान नगरेकाे भन्दै सहायक इन्जिनियर महेन्द्रप्रसाद चौधरीमाथि भाैतिक आक्रमण गरेका हुन् ।

कार्यलयमा कार्यरत चौधरीलाई २०/३० जनाको समूहले एक्कासी आएर कुटपिट गरेको केन्द्र प्रमुख अरुण शाहले बताए । ‘कार्यलयको परिसरभित्र त्रिभुवन शाह उर्फ अमरलाल साह र धिरज पाण्डेका नेतृत्वमा आएका समूहले चाैधरीलाइ कुटपिट गरेका हुन्,’ उनले ऊर्जा खबरसँग भने, ‘डाइरेक्ट लाइन जडान (हुकिङ) नगरेकाे भन्दै इन्जिनियरमाथि कुटपिट भएको छ ।’

‘कुटपिट तथा गाली गलौच गर्दै उक्त समूहले चार पाङ्ग्रे गाडीमा अपहरण गरी तानाशाही शैलीमा इन्जिनियरलाई लगेर माैलापुर, मदानी महाेत्सवका लागि हुकिङमार्फत लाइन जाेड्न लगाए’ उनले थपे । यस्तो घृणित, असंवैधानिक, अमानविय र अमर्यादित कार्यले सम्पूर्ण कर्मचारी असुरक्षित रहेको भन्दै केन्द्रले आपत्ति जनाएकाे छ ।

केन्द्रले कर्मचारीमाथि भएको यस दुर्वव्यवहारकाे घोर भत्र्सना गर्दै दोषीमाथि कारबाही गर्न आग्रह गरेको छ । कारबाही नभएमा कार्यालका सम्पूर्ण काम ठप्प गरी आन्दोलनमा जाने केन्द्रले चेतावनी दिएकाे छ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit