विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिईडिबि हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २३ कर्मचारीको माग गरेको छ । कम्पनीले निर्माणाधीन तथा निर्माणमा जान तयारीमा रहेको आयोजनामा खटाउने गरी उक्त कर्मचारीको माग गरेको हो । 

३ जना इलेक्ट्रीक इन्जिनियर, दुई जना प्लान्ट इन चार्ज, ४ जना ओभरसियर (इलेक्ट्रीक/मेकानिकल), ८ जना सब–ओभरसियर (इलेक्ट्रीकलर/मेकानिकल), १ जना अफिसियरको माग गरेको कम्पनीले जनाएको छ । यस्तै, २ जना एडमिनिस्ट्रेसन अफिसियर, १ जना बिजनेसन डेभलपमेन्ट अफिसियर, १ जना जुनियर अफिसर–मिडिया र १ जना असिस्टेन्ट गरी जम्मा २३ कर्मचारीको माग गरिएको हाे । 

इलेक्ट्रीकल इन्जिनियरका लागि हाइड्रो पावर क्षेत्रमा कम्तीमा पनि २ वर्ष भन्दा बढी काम गरेको अनुभव हुनुपर्ने र प्लान्ट इन चार्जको लागि इलेक्ट्रीकल ओभरसियरमा १० वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । 

यसैगरी, एडमिनिस्ट्रेसन अफिसियर, बिजनेसन डेभलपमेन्ट अफिसियर, जुनियर अफिसर–मिडिया र असिस्टेन्टको को लागि सम्बन्धीत क्षेत्रहरुमा कम्तीमा पनि  ४ वर्ष भन्दा बढी कार्य अनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ । 

इच्छुक योग्य व्यक्तिले बैशाख ८ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ । आवेदन दिँदा बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताकोे प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटोसहित बुझाउनु पर्नेछ ।  

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit