images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको बहुसंख्यक सेयर स्वामित्व रहेको चिलिमे हाइड्रो पावर कम्पनी लिमिटेडले सेती नदी–३ (एसआर–३) र बूढीगण्डकी प्रोक जलविद्युत आयोजनामा लगानी गर्न लगानी बोर्ड समक्ष प्रस्ताव गरेको छ ।

आंशिक जलाशय (सेमी स्टोरेज) प्रकृतिमा निर्माण प्रस्ताव गरिएको एसआर–३ को क्षमता ८७ मेगावाट र नदी प्रवाही (रन अफ द रिभर) प्रकृतिको बूढीगण्डकी प्रोकको क्षमता ८१ मेगावाट रहेको छ । बोर्डमा लगानी स्वीकृतिका लागि पेस भएको प्रस्ताव अनुसार, एसआर –३ को लागत १९ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ र बूढीगण्डकी प्रोकको १६ अर्ब ४५ करोड ५४ लाख रुपैयाँ अनुमान गरिएको छ ।

पश्चिम सेती जलविद्युत परियोजनाको अप स्ट्रिम (माथिल्लो भाग) मा अवस्थित एसआर–३ सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा पर्छ । बोर्डले गत भदौ २ गते भारत सरकार स्वामित्वको एनएचपिसी लिमिटेडसँग पश्चिम सेती (७५० मेगावाट) र एसआर–६ (४५० मेगावाट) विकास गर्ने गरी समझदारी गरेको छ । त्यस्तै, बूढीगण्डकी प्रोक गोरखामा पर्छ ।

चिलिमेले एसआर–३ मा लगानी गर्ने प्रस्तावसँगै सेती करिडोरका अन्य सम्भाव्य आयोजनाहरूमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको लगानी आकर्षित हुने बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बताए । उनले सेती कोरिडोरको पनि अरुण करिडोरको जस्तै भविष्य रहेको चर्चा गर्दै चिलिमेले विकासका लागि प्रस्ताव गरेका आयोजनाले सेती नदी र एसआर–६ का लागि निर्माणका क्रममा आवश्यक ऊर्जा आपूर्ति हुने विश्वास व्यक्त गरे ।

यसैगरी, चिलिमे हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुभाषकुमार मिश्रले सेती बेसिनमा पश्चिम सेती र एसआर–६ दुई ठूला आयोजना निर्माण हुन लागेको पृष्ठभूमिमा एसआर–३ ले उक्त बेसिनमा थप टेवा पुर्याउने विश्वास व्यक्त गरे ।

चिलिमेले २२.१ मेगावाटको चिलिमे आयोजना सञ्चालन गरिरहेको छ भने कम्पनीकै अगुवाईमा १०२ मेगावाटको मध्यभोटेकोसी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावटको (माथिल्लो) सान्जेन र १११ मेगावाटको रसुवागढी निर्माणाधीन छन् ।

सेती कोरिडोरका आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण ग्रीडमा जोड्नका लागि भारतको लाइन अफ क्रेडिट सुविधामा चैनपुर–वनलेक–न्यू अत्तरिया ४०० केभी क्षमताको १५० किमी प्रसारण लाइन राष्ट्रिय प्रसारण ग्रीड कम्पनी मार्फत् कार्यान्वयनको चरणमा रहेको छ । आयोजनाको विद्युतगृहदेखि चैनपुरसम्म जोड्ने १६ किलोमिटर प्रसारण लाइन तथा बूढीगण्डकीको विद्युत विद्युतगृहदेखि नजिकको सबस्टेशनसम्म प्रसारण लाइन आयोजनाले नै निर्माण गर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit