विद्युत अपडेट

  • प्राधिकरण : ५८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६४२० मे.वा.घन्टा
  • निजी क्षेत्र : १९१३५ मे.वा.घन्टा
  • आयात : ८८३५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०६८० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०२ मे.वा.
२०८२ माघ १४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सोलुखुम्बुमा निर्माण भइरहेको ८६ मेगावाटको सोलु खोला (सोलु–दूधकोसी) जलविद्युत आयोजनाको मुख्य सुरुङ वारपार (छिचोलिएको) भएको छ । कूल ७६५४ मिटर लामो सुरुङ हिजो बुधबार (असोज २० गते) अपरान्हतिर सकिएको घोषणा गरिएको छ ।

आयोजनाको सबैभन्दा जटिल मुख्य सुरुङ छेड्ने (खन्ने) काम पूरा भएको प्रवर्द्धक साहस ऊर्जा लिमिटेडका अध्यक्ष हिमप्रसाद पाठकले बताए । ‘सिभिलतर्फ ७६ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ, बाँध क्षेत्रमा पनि सबै संरचनाको निर्माण पूरा भइसकेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘अहिले पेनस्टक पाइप जडान भइरहेको छ, विद्युतगृहमा सिभिलको काम अन्तिम चरणमा पुगेको छ ।’

विद्युतगृहमा हाउजिङ राखिएको र बर्खामा ढुवानी समस्याका कारण टर्बाइन आइन ढिलो भएको हुँदा जडान बाँकी रहेको उनले बताए । उनका अनुसार विद्युतगृह नजिक स्वीचयार्ड निर्माण भइरहेको र बर्खा  सकिएलगत्तै भारतबाट इलेक्ट्रो मेकानिकल उपकरण आयात गरी जडान सुरु हुनेछ । अब कुनै अवरोध नआए २०७८ चैतदेखि विद्युत उत्पादन गर्ने लक्ष्य रहेको जनाइएको छ ।

आयोजनाबाट उत्पादित विद्युत १३२ केभी सोलु कोरिडोर (प्रसारण लाइन) को तिन्लास्थित लम्माने सबस्टेसनमा जोडिने गरी नेपाल विद्युत प्राधिकरणसँग कनेक्सन एग्रिमेन्ट (जडान सम्झौता) भएको छ । सबस्टेसनसम्म आवश्यक १२ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन कम्पनीले नै निर्माण गरिरहेको छ ।

आयोजनाबाट वार्षिक ५२० गिगावाट घन्टा (५२ करोड युनिट) विद्युत उत्पादन हुनेछ । कम्पनीका अनुसार हिउँदमा १००.२७ गिगावाट घन्टा (१० करोड २ लाख ७० हजार युनिट) र वर्षामा ४१९.९३ गिगावाट घन्टा (४१ करोड ९९ लाख ३० हजार युनिट) विद्युत उत्पादन हुनेछ ।

अनुमानित लागत ११ अर्ब ८६ करोड रुपैयाँ रहेको आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकसहित ९ बैंकले ८ अर्ब ६५ करोड रुपैयाँ लगानी गरेका छन् । साढे ३ अर्ब रुपैयाँ स्वपुँजी लगानी रहेको छ । जसमा २ अर्ब ४५ करोड रुपैयाँ संस्थापक र १ अर्ब ५ करोड रुपैयाँ साधारण सेयर निष्कासनबाट जुटाइनेछ ।

सोलु खोला बेसिनमा सोलु–दूधकोसी बाहेक ८२ मेगावाटको तल्लो सोलु, १९.८ मेगावाटको माथिल्लो सोलु, ५ मेगावाटको जुनबेंसी लगायत आयोजना निर्माणाधीन छन् । २३.५ मेगावाटको सोलु निर्माण पूरा भई सञ्चालनमा आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३