विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १३२÷३३÷११ केभी नवलपुर सबस्टेसन चार्ज गरेको छ । सर्लाही जिल्लाको विद्युत आपूर्तिको गुणस्तर सुधार तथा स्तरोन्नति गर्ने उद्देश्यले नवलपुरमा निर्माण भएको सबस्टेसन बुधबारदेखि चार्ज भएको हो ।

सबस्टेसन अहिले ‘नो’ लोडमा चार्ज गरिएको आयोजना प्रमुख निरञ्जन साह सुदीले बताए । उनका अनुसार अहिले ‘नो’ लोडमा चार्ज भएको सबस्टेसन सम्भव भएसम्म बिहिबार (आज) वा शुक्रबारभित्र लोड दिएर चार्ज गर्ने तयारी भइरहेको छ ।

‘उद्योग र घरायसी ग्राहकले पाउने विद्युत सेवाको गुणस्तर सुधार तथा प्रणालीको स्तरोन्नति गर्न सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएका छौं,’ उनले ऊर्जा खबरसँग भने, ‘अब जिल्लाका उद्योगलाई मागे जति विद्युत दिन सहज भएको छ ।’ घरायसी ग्राहकले उपयोग गर्ने विद्युतको गुणस्तरमा पनि सुधार हुने बताए ।

१३२/३३ केभी सबस्टेसनमा ६३ एमभिएको पावर ट्रान्सफर्मर जडान गरिएको छ । ३३/११ केभी सबस्टेसनमा १६ एमभिएको पावर ट्रान्सफर्मर जडान गरिएको छ ।

१३२/३३ केभी सबस्टेसनबाट जिल्लाको हरिपुर र मलंगवा सबस्टेसनमा विद्युत आपूर्ति हुनेछ ।  जिल्लाकै लालबन्दी र हरिवनमा नवलपुर सबस्टेसनबाट जाने ११ केभी फिडरबाट विद्युत आपूर्ति गर्ने व्यवस्था मिलाइएको छ ।

कोरोना (कोभिड–१९) महामारीको संकटका बाबजुत पनि नियमित काम गरेर सबस्टेसन सम्पन्न गरी सञ्चालनमा ल्याएको बताए । आर्थिक वर्ष २०७५/७६ देखि सबस्टेसन निर्माणको काम सुरु भएको थियो ।

सबस्टेसन निर्माण सम्पन्न गर्न ४० करोड रुपैयाँ खर्च भएको उनले जानकारी दिए । सबस्टेसन निर्माणको काम भारतको पावर टेक र नेपालको वाइवा कन्स्ट्रक्सनले संयुक्तरूपमा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit