विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भिजन इनर्जी एन्ड पावर लिमिटेडले रामेछापको उच्च हिमाली क्षेत्रमा निर्माण गरिरहेको ५७.५ मेगावाटको नुप्चे–लिखु जलविद्युत आयोजनाको काम ४० प्रतिशत पूरा भएको छ । यो प्रगति पछिल्लो एक वर्षको हो ।

निर्माणपूर्वका काम सम्पन्न गरेर आयोजनाको औपचारिक कामको थालनी २०७८ असोज १२ गतेदेखि भएको थियो । निर्माणस्थलमा खटिने जुझारु समूह र व्यवस्थापकीय कुशलताका कारण एक वर्षमै झण्डै आधा काम पूरा गर्न सकिएको कम्पनीका कार्यकारी अध्यक्ष टिएन आचार्यले बताए ।

‘हामीले सामुहिक लगानी, सुशासन, पारदर्शीता जस्ता पक्षलाई उच्च प्राथमिकतामा राखेको हुँदा निर्माण तालिका अनुसार नै काम गर्न सकिरहेका छौं,’ उनले ऊर्जा खबरसँग भने, ‘यही गतिमा काम गर्दै लैजान सकियो भने आगामी ८ महिनाभित्र भौतिक प्रगति ७० प्रतिशत पुर्याउन सकिन्छ ।’

कम्पनीले व्यवस्थापन, पारदर्शीता र सुशासन कायम गरेकै कारण आइएसओ प्रमाणपत्र समेत पाएको र यसले सांगठनिक संरचना बलियो बनाउन थप जिम्मेवारी थपिएको आचार्यको भनाइ छ । यसले काम गर्ने समूहमा हौसला थपेको हुँदा निर्माणलाई तीव्रता दिन सकिएको पनि उनले बताए । उनका अनुसार अहिले आयोजनाका लागि आवश्यक पेनस्टक पाइप ढुवानीको काम धमाधम भइरहेको छ ।

कोरोना महामारीका कारण निर्माण तालिका केही फेरबदल गर्नुपरे पनि विद्युत उत्पादन गर्नुपर्ने अवधि २०८१ साल भदौ १ गतेभित्रै सबै काम पूरा गर्ने कम्पनीको प्रतिबद्धता छ । सिभिल निर्माणको ठेकेदार सोनाम इन्फ्रास्ट्रक्चर कम्पनीले समेत लक्षित समयावधिभित्र काम पूरा गर्न सकिने जनाएको छ ।

अहिलेसम्म निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनामध्ये नुप्चे–लिखु सम्भवतः सबैभन्दा उच्च हिमाली क्षेत्रमा पर्दछ । यसको बाँध समुद्र सतहदेखि ३३४० मिटर उचाईमा र विद्युतगृह करिब २६०० मिटरमा निर्माण भइरहेको छ ।

कम्पनीका अनुसार नुप्चेको छाँगे र लिखु खोलाको गोण्डाखर्कमा आयोजनाको बाँध निर्माण भइरहेको छ । यस्तै, ८.२ किलोमिटर सुरुङ र १.६ किलोमिटर लामो पेनस्टक पाइप निर्माण हुनेछ ।

हिमाल पानीको स्रोत भएकाले वार्षिक ३८१ गिगावाट प्रतिघन्टा ऊर्जा (३८ करोड १० लाख युनिट) उत्पादन हुने अध्ययनले देखाएको छ । क्यू४५ मा डिजाइन गरिएको यो आयोजनाबाट पहिलो वर्ष २ अर्ब ३५ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ ।

आयोजनाबाट उत्पादित विद्युत विद्युतगृहदेखि २४ किलोमिटर दूरीमा निर्माण भई सञ्चालनमा रहेको गर्जाङ सबस्टेसनमा जोडिने छ । सबस्टेसनसम्मको १३२ केभी प्रसारण लाइन कम्पनी आफैंले निर्माण गर्ने योजनाका साथ प्रक्रिया अगाडि बढाइएको छ ।

१० अर्ब ५७ करोड ८० लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी छ । नुप्चे–लिखुमा माछापुच्छ्रे बैंकको नेतृत्व तथा हिमालयन बैंकको सह–नेतृत्वमा बैंक अफ काठमाडौं, राष्ट्रिय वाणिज्य, कुमारी, कृषि विकास, एनसिसी लगायत ९ बैंकले लगानी गरेका छन् ।

आयोजनामा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले ५० करोड रुपैयाँ स्वपुँजी लगानी गरेको छ । निजी क्षेत्रले निर्माण गर्ने आयोजनामा सरकारी कम्पनीले स्वपुँजी लगानी गरेको यो पहिलो आयोजना हो । यही कारण आयोजना बढी प्रतिफलयुक्त, कम जोखिमपूर्ण र दक्ष व्यवस्थापन तथा सुशासनयुक्त देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit