विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रूरू जलविद्युत परियोजना कम्पनीकाे साधारण सेयर शुक्रबार(भाेलि) बाँडफाँड हुने भएको छ । गत चैत २० गतेबाट निष्कासन भएकाे कम्पनीकाे साधारण सेयर भाेलि बिहान ९ बजे बाँडफाँड गर्न लागिएकाे हाे ।

कम्पनीकाे सेयर किन्न मागभन्दा ६२ गुणा बढी आवेदन परेकाले गाेला प्रथाबाट सेयर बाँडफाँड गरिने बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएकाे छ । क्यापिटलका अनुसार २ प्रतिशत (३७ हजार ८ सय १६ जना) भाग्यशाली आवेदकले मात्रै कम्पनीकाे १० कित्ता सेयर हात पार्ने छन् । बाँकी ९८ प्रतिशत ( १६ लाख २३ हजार ५ सय ५० जना ) काे हात खाली हुने भएकाे छ ।

क्यापिटलका अनुसार कम्पनीको सेयर किन्न १६ लाख ६९ हजार ५ सय ६६ जनाले २ करोड ३३ लाख ७७ हजार २ सय २० कित्ताका लागि आवेदन परेकाे छ । कम्पनीले ५ मेगावाटकाे माथिल्लाे हुग्दी जलविद्युत आयाेजनाकाे प्रतिकित्ता १ सय रुपैयाँमा २० रुपैयाँ प्रिमियम थप गरेर साधारण सेयर निष्कासन गरेको थियो ।

४ करोड ८९ लाख २४ हजार ७ सय २० रुपैयाँ बराबरको ४ लाख ७ हजार ७ सय ६ कित्ता सेयर बिक्री खुल्ला गरेको थियो । निष्कासन भएको सेयरमध्ये ८ हजार १ सय ५४ कित्ता अर्थात २ प्रतिशत सेयर कर्मचारीका लागि, २० हजार ३ सय ८५ कित्ता अर्थात ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी ३ लाख ७८ हजार १ सय ६७ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

कम्पनीले यसअघि स्थानीयका लागि छुट्याएको ४ करोड ७ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको ४ लाख ७ हजार ७ सय ५ कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ । स्थानीयका लागि भने प्रतिकित्ता सय रुपैयाँमा नै सेयर निष्कासन गरिएको थियो ।

कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको माथिल्लो हुग्दीले २०७१ चैतदेखि  विद्युत उत्पादन गरिरहेको छ । माथिल्लो हुग्दीमा लगानी गर्ने समूहले नै ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत आयोजना पनि निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit