विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भौगोलिक अवस्था, भूकम्प, नाकाबन्दी, पहिरो एवं कोभिड–१९ महामारीको मार झेल्दै अन्ततः ६.४२ मेगावाटको माथिल्ले मैलुङ ‘ए’ जलविद्युत आयोजना पूरा हुने चरणमा पुगेको छ । निर्माण सुरु गरेको ७ वर्षपछि आयोजना सम्पन्न हुने चरणमा पुगेको हो ।

२०७० सालबाट निर्माण सुरु भएको आयोजनाको सिभिलतर्फ ९६ प्रतिशत काम सम्पन्न  भइसकेको छ । अन्तिम चरणमा पुगेको आयोजनाबाट २०७८ असोजभित्र विद्युत उत्पादन गर्ने तयारी भइरहेको प्रवर्द्धक इनर्जी इन्जिनियरिङ कम्पनीका कार्यकारी निर्देशक जीतमान शेर्पाले बताए । विद्युत उत्पादन सुरु गर्न अझै ६ महिना लाग्ने हुँदा साढे ७ वर्षमा आयोजना सम्पन्न हुँदैछ ।

‘यो आयोजना पहिले नै सम्पन्न भइसक्नु पर्ने थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘समुद्री सतहबाट ३३ सय मिटरको उचाईमा संरचना निर्माण गर्नुपरेकाले वर्षको ६ महिनामात्रै काम गर्नुपर्ने बाध्यताले निर्माण अवधि लम्बिन गयो ।’ उनले आयोजना स्थल हिमाली क्षेत्रमा पर्ने हुँदा बर्खामा

असारदेखि भदौ र हिउँदमा चिसो हुने पुसदेखि फागुनसम्म काम गर्न सक्ने वातावरण नमिल्नाले निर्माण प्रभावित हुँदा बढी समय लागेको बताए ।
२०७२ सालको विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी, पहिरो, तथा कोभिड–१९ का कारण निर्माण प्रभावित भएकाले पनि ढिलो हुन पुगेको उनले बताए ।

आयोजनाको बाँध क्षेत्रमा संरचनाको निर्माण सकिएको छ । बाँधको पानी विद्युतगृहमा खसाल्ने गरी ४ हजार मिटर लामो हेडरेस पाइप बिछ्याउने काम सकिएको छ । आयोजनाको ९८० मिटर लामो पेनस्टक पाइपमध्ये ७ सय ३० मिटर जडान गरिएको शेर्पाले जानकारी दिए ।

आयोजनामा जडान भएको पाइप चीनको सिन्शी हङकङ कम्पनीले आयात गरेको हो । आयोजनाको बाँकी हाइड्रोमेकानिकलतर्फको काम सिई हाइड्रोमेकानिकल कम्पनीले गरिरहेको छ ।

इलेक्ट्रोमेकानिकलतर्फ आयोजनामा जडान हुने उपकरण आयात गरिएको छ । विद्युतगृहको संरचना तयार भएपछि उपकरण जडान गर्न सुरु गरिने पनि शेर्पाले बताए ।

आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युत त्रिशूली थ्री ‘बी’ सबस्टेसनमा जोडिनेछ । आयोजनाको विद्युतगृहदेखि सबस्टेसनसम्म विद्युत पुर्याउन १९ किलोमिटर प्रसारण लाइन कम्पनीले नै निर्माण गर्नुपर्नेछ । प्रसारण लाइन निर्माणका लागि युनाइटेड कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरी काम अघि बढाईको छ ।

आयोजना सम्पन्न गर्न १ अर्ब ९३ करोड ६५ लाख ३७ हजार रुपैयाँ लागत अनुमान गरिएको छ । विविध कारणले आयोजनाको निर्माण लम्बिएपछि अनुमानित लागतमा थपिएको प्रशासनिक खर्च, बैंकको ब्याजलगायत कारणले लागत बढ्न गएको कम्पनीले जनाएको छ ।

अहिलेसम्ममा आयोजनामा १ अर्ब ५० करोड ४५ लाख ३५ हजार रुपैयाँ खर्च भइसकेको छ । कूल लागतको ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी छ । ऋण लगानी नेपाल बैंक (अगुवाई) , नेपाल इन्भेष्टमेन्ट र सिभिल बैंकले गरेका छन् ।

आयोजना सम्पन्न भएपछि वार्षिक ३५ हजार २० किलोवाट घन्टा विद्युत उत्पादन हुनेछ । बर्खाको उत्पादन २९ हजार ५ सय ३६ किलोवाट घन्टा र हिउँदमा ५ हजार ४ सय ८३ किलोवाट घन्टा विद्युत उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit