विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
विद्युत् आयात–निर्यात फराकिलो हुँदै

काठमाडौं । नेपालले विद्युत् किनबेच गर्न भारतको आदानप्रदान बजार (एक्सचेन्ज मार्केट) मा प्रवेशको स्वीकृति पाएको छ । नेपाल विद्युत् प्राधिकरणले सो बजारमा प्रवेश गर्नका लागि सदस्य बन्न दिएको आवेदन भारतले स्वीकृति गरेसँगै बिजुली किनबेचको बाटो फराकिलो भएको हो ।

प्राधिकरणले एक्सचेन्ज बजारमा खरिद–बिक्रीकर्ताको रूपमा प्रवेश पाउन र सजिलो तरिकाले बिजुली किनबेचको व्यवस्था मिलाइदिन अनुरोध गर्दै भारतलाई पत्राचार गरेको थियो । यसमा भारतले बुधबार (बैशाख १ गते) स्वीकृति दिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।

सो बजारको सदस्य भएपछि नेपाल (प्राधिकरण) ले भारतको एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन) मार्फत बिजुली किनबेच गर्न पाउनेछ । प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर ४०० केभी सीमापार प्रसारण लाइन हुँदै बिजुली किन्दा यही कम्पनीबाट नै किन्ने गरेको छ । जसलाई भारतले नेपालमा विद्युत् निर्यात गर्ने नोडल एजेन्सी तोकेको छ ।

‘अब हामीले एनभिभिएनमार्फत चाहेको समयमा उताबाट ल्याउन र यता बढी हुँदा बेच्न सक्ने भएका छौं,’ उनले बुधबार ऊर्जा खबरसँग भने, ‘यो कामका लागि सञ्चालक समितिले मलाई अधिकार दिएको छ । विद्युत् नियमन आयोगसँग पनि छिट्टै स्वीकृति लिएर हामीले काम अगाडि बढाउनेछौं ।’

बैशाखको अन्तिमसम्म माथिल्लो तामाकोसीको पहिलो युनिट (७६ मेगावाट) बाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । भारतले स्वीकृति दिएको हुँदा तामाकोसीको बिजुली खपत हुन नसके भारत पठाउन सकिने शाक्यले बताए । उनका अनुसार पहिलो चरणमा ४५६ मेगावाटको तामाकोसी र ४५ मेगावाटको भोटेकोसीको बिजुली बेच्न प्रस्ताव गरिएको छ ।

नेपाल–भारतबीच बिनाभेदभाव विद्युत् किनबेच गर्ने उद्देश्यले २०७१ कात्तिक ४ गते विद्युत् व्यापार सम्झौता (पिटिए) भएको छ । यो सैद्धान्तिक सहमतिपछि भारतले सन् २०१६ डिसेम्बरमा अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका जारी गर्यो । त्यसलगत्तै यससम्बन्धी कार्यविधि पनि सार्वजनिक गरिसकेको छ ।

यिनै आधारहरूमा टेकेर प्राधिकरणले केही समयअघि २५ मेगावाट बिजुली बेच्न एनभिभिएनमार्फत प्रतिस्पर्धामा भाग लिएको थियो । प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर लाइनबाट जुन दरमा किन्ने गरेको छ, त्यही दरमा बेच्न प्रस्ताव गरेको थियो । तर, महँगो हुँदा प्रतिस्पर्धाबाट बाहिरिएको थियो ।

भारतीय बजारमा नेपालको बिजुली जाने सेद्धान्तिक तथा नीतिगत आधारहरू तयार भएका छन् तर मूल्य वा दर निर्धारण हुन सकेको छैन । यसअघि प्रतियुनिट भारु ४.१८ मा बेच्नका लागि प्रतिस्पर्धा गर्दा बाहिरिएको थियो । त्यतिबेला भारतले प्रतियुनिट भारु ३ देखि ३.२५ सम्म बेच्न चाहने उतैको कम्पनी छनोट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit