विद्युत अपडेट

  • प्राधिकरण : ५७१४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५६३० मे.वा.घन्टा
  • निजी क्षेत्र : १८१६३ मे.वा.घन्टा
  • आयात : १००७३ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९६४० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०३५ मे.वा.
२०८२ फाल्गुण ३०, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इनभेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले जलविद्युत आयोजनामा साढे ६ अर्ब रुपैयाँ बराबरको ऋण प्रवाह गरेको छ । कम्पनीले सोमबार (साउन ३० गते) सार्वजनिक गरेको २०७८/७९ को वित्तिय विवरण अनुसार गत असारसम्ममा जलविद्युत आयोजनामा ऋण लगानी प्रवाह गरेको देखिएको हो ।

विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँगको सहकार्यमा निजी क्षेत्रले अघि बढाएका जलविद्युत आयोजनामा ६ अर्ब ४५ करोड रुपैयाँ ऋण लगानी प्रवाह गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार २०७८/७९ को अन्तिम त्रैमाससम्ममा मात्र ३७ करोड ८९ लाख लाख रुपैयाँ ऋण प्रवाह गरिएको र ३७ करोड ८८ लाख रुपैयाँ ऋण असुली गरिएको छ ।

यो अवधिमा स्वपूँजी लगानी अन्र्तगत सहायक कम्पनी तथा सार्वजनिक एंव निजी क्षेत्रबाट प्रवर्द्धित जलविद्युत परियोजनामा २ अर्ब ६४ करोड ६६ लाख रुपैयाँ स्वपूँजी लगानी भएको छ ।

कम्पनीले २३ मेगावाटको बागमती साना, २३.५ मेगावाटको सोलु खोला, ४२ मेगावाटको मिस्त्री खोला, २७ मेगावाटको दोर्दी खोला, ३० मेगावाटको न्यादी, ८२ मेगावाटको तल्लो सोलु, १८ मेगावाटको माथिल्लो सोलु, २८.१ मेगावाटको तल्लो लिखु, ८६ मेगावाटको सोलुखोला दुधकोसी, ३७ मेगावाटको माथिल्लो त्रिशुली ३–बी, २५ मेगावाटको काबेली बी–१, २२.१ मेगावाटको तल्लो हेवा खोला र ४२ मेगावाटको  माथिल्लो मोदी–ए जलविद्युत आयोजनामा लगानी गरेको छ ।

लगानी भएका आयोजनामध्ये, बागमती साना, सोलु खोला, मिस्त्री खोला, न्यादी खोला, तल्लो सोलु, काबेली बी-१ र तल्लो हेवा सञ्चालनमा आइसकेका छन् । दोर्दीको पनि निर्माण पूरा भई परिक्षणको चरणमा छ ।

गत वर्ष कम्पनीको करअघिको मुनाफा १८.४४ प्रतिशतले बढेको छ । कम्पनीले गत वर्ष करअघि करिब १ अर्ब ३९ करोड ४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष १ अर्ब १७ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३