विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको धनुषाधाम वितरण केन्द्रले गत आर्थिक वर्ष (आव २०८०/८१) मा विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य प्रगति हासिल गरेको छ । केन्द्रले निःशुल्क मिटर वितरण र विद्युत् चोरी नियन्त्रणका लागि गरेका कारवाहीबाट यस्तो प्रगति हासिल गर्न सफल भएको हो । प्राधिकरणले केन्द्रलाई गत आर्थिक वर्षमा चुहावट २१.५७ प्रतिशतमा सिमित गर्ने लक्ष्य दिएकोमा केन्द्रले १९.५२ प्रतिशतमा चुहावट सीमित गरी लक्ष्यभन्दा २ प्रतिशत बिन्दुले बढी प्रगति हासिल गरेको केन्द्रका प्रमुख रोशन सिंहले ऊर्जा खबरसँग बताए । 

उनका अनुसार विद्युत् चोरी नियन्त्रण अभियानअन्तर्गत १३० जना व्यक्ति र ७२१ विद्युतीय उपकरण नियन्त्रणमा लिएर ८५१ जनालाई कारबाही गरेको थियो । कारबाही गरिएकाहरूबाट जरिवाना वापत ८८ लाख २३ हजार १०२ रुपैयाँ असुल भएको छ । यो जरिवाना रकम मधेश प्रदेशका विरण केन्द्रहरू मध्ये सबैभन्दा बढी भएको केन्द्रका प्रमुख सिंहले बताए । त्यस्तै, गत आर्थिक वर्ष बिजुलीको बम्यौता महसुल नबुझाएका १ हजार ५ सय २८ ग्राहकको लाइन काटेर ३ करोड २३ लाख ५६ हजार ६३० रुपैयाँ असुल गरेको छ । केन्द्रले लाइन काटेपछि महसुल बुझाएका १ हजार ३ सय ७५ ग्राहको लाइन महसुल भुक्तानी गरेको उनले जानाकरी दिए । 

त्यस्तै ८९४ बन्द मिटर बदली गरी औषत युनिटबापतको कुल ५८ लाख ८ हजार ५४६ रुपैयाँ असुल गरेको छ । 
  
केन्द्रले विद्युत् चोरीमा संलग्नहरुलाई पक्राउ गरी कारवाही गरेको थियो । त्यस्तै, यस्तै चोरीमा संलग्ने केहीको विद्यूत् मिटरसहित विद्युतीय सामग्री समेत नियन्त्रणमा लिएको थियो । 

यसैगरी, केन्द्रले गत आवमा ३ करोड ५४ लाख ८८ हजार १७६ युनिट विद्युत् बिक्री गरी २४ करोड ५३ लाख ५८ हजार ७४१ रुयैयाँ असुल गरेको छ । 

उनका अनुसार वितरण केन्द्रको सेवा क्षेत्रअन्तर्गत बसोवास गर्ने ७५० विपन्न परिवार घरधुरीमा निःशुल्क मिटरसमेत जडान गरिएको उनले बताए । प्राधिरणको मापदण्ड अनुसार ५(३) एम्पियर क्षमतायुक्त बक्ससहितको सिङ्गल फेज इनर्जी मिटर, एमसीबी बक्स र सर्भिस केवलसहित निःशुल्क मिटर जडान गरिएको उनले जानकारी दिए ।   

विद्युत् उपभोग गर्न पाउने अधिकारबाट कोही पनि वञ्चित हुनु नपरोस् भनेर विपन्न वर्गलाई निःशुल्क मिटर दिने व्यवस्था गरिएको हो,’ उनले भने, ‘पैसा अभावमा मिटर राख्न नसकेपछि विपन्न वर्गले हुकिङ गरी विद्युत् प्रयोग गर्दै आएका थिए । निःशुल्क मिटर वितरणपछि चोरी नियन्त्रण भई चुहावट घटेको छ । अनाधिकृत प्रयोगमार्फत हुने विद्युतीय दुर्घटना पनि कम हुने भएको छ । त्यस्तै, प्राधिकरणले विद्युत बिक्रीबाट गर्ने आम्दानीसमेत बढेको छ ।’

यस्ताे छ प्रगति विवरण

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३