विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । लगानी बोर्डले ह्वासिन सिमेन्ट उद्योगका लागि ६ अर्ब ६३ करोड ४० लाख रुपैयाँ लगानी स्वीकृत गरेको छ । वैशाख १६ र १७ गते आयोजना गर्न लागिएको लगानी सम्मेलनअघि बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यतामा मंगलबार बसेको बैठकले उक्त लगानी स्वीकृत गरेको हो । 

नेपाली साझेदारसहितको चिनियाँ लगानी रहेको उक्त उद्योगले २०७८ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । उद्योगमा हालसम्म १४ अर्ब रुपैयाँ लगानी भइसकेको छ । धादिङको पानीखर्कमा करिब ५०० रोपनी क्षेत्रफलमा उद्योग सञ्चालनमा रहेको छ । 

लगानी बोर्ड कार्यालयले २०७५ साल असार ६ गते उक्त उद्योग स्थानाका लागि चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो । त्यसअघि खानी विभागले प्रतिस्पर्धाका आधारमा उक्त उद्योगलाई २०७४ साल मंसिर १२ गते खानी उत्खननका लागि अनुमति दिएको थियो । उक्त उद्योगलाई सुरुमा २०७२ साल पुस ५ गते लगानीका लागि स्वीकृति दिएको थियो । 

बोर्डका प्रवक्ता प्रद्युम्न उपाध्यायले ऊर्जा खबरलाई दिएको जानकारी अनुसार बहुराष्ट्रिय कम्पनी डाबर नेपाललाई लगानी विस्तारका लागि बोर्डले ९ अर्ब ६३ करोड रुपैयाँ थप लगानी गर्न स्वीकृति दिएको छ । यो स्वीकृतिसँग अब उक्त कम्पनीको लगानी नेपालमा १५ अर्ब रुपैयाँभन्दा बढी पुग्ने भएको छ । कम्पनीसँग बोर्डले परियोजना कार्यान्वयन सम्झौता (पिआइए) गर्न वार्ता समति गठन गर्ने निर्णय समेत गरको छ । 

लगानी थप्ने विषयमा २०८० वैशाखमा परियोजना समझदारी (एमओयू) मा हस्ताक्षर भएको थियो । 

तयस्तै बैठकले लगानी सम्मेलनका लागि लागनी सोकेसमा १४८ वटा परियोजनालाई समावेश गर्ने निर्णय पनि बैठकले गरेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit