विद्युत अपडेट

  • प्राधिकरण : ५८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६४२० मे.वा.घन्टा
  • निजी क्षेत्र : १९१३५ मे.वा.घन्टा
  • आयात : ८८३५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०६८० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०२ मे.वा.
२०८२ माघ १४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपालका प्रख्यात उद्यमी एवं सांसद विनोद चौधरीले हस्पिटालिटी क्षेत्रको अन्तर्राष्ट्रिय ख्यातीप्राप्त सम्मेलन होप–२०२४ मा कि नोट स्पिकरका रुपमा सम्बोधन गर्ने भएका छन् । फेब्रुअरी १५ र १६ मा भारतको पर्यटकीय नगरी गोवामा आयोजना हुने उक्त सम्मेलनमा विश्वभरका ख्यातीप्राप्त होटेलियर्सहरू सहभागी हुँदैछन् ।

नेपालको हस्पिटालिटी इन्डष्ट्रीमा द्रुततर लगानी विस्तार गरिरहेको चौधरी ग्रुपका अध्यक्ष समेत रहेका चौधरीलाई अन्तर्राष्ट्रिय सम्मेलनमा उच्च सम्मानका साथ आमन्त्रण गरिएको हो । सम्मेलनमा नेपालबाट अध्यक्ष चौधरी र सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक एवं सिइओ राहुल चौधरीलाई मात्रै आमन्त्रित गरिएको छ । 

चौधरीले ‘हस्पिटालिटी इन्भेष्टमेन्ट एण्ड फण्डिङ आउटलुक’ बिषयमा कि नोट स्पिच दिनेछन् । हस्पिटालिटी इन्डष्ट्रीको विश्वव्यापी ट्रेन्ड र यसको अवस्था, ग्लोबल एण्ड डोमेस्टिक हस्पिटालिटी ट्रेन्ड र हस्पिटालिटी इन्डष्ट्रीले आगामी ५ वर्षका लागि लिनुपर्ने रणनीति लगायत विषयमा अध्यक्ष चौधरीले आफ्नो धारणा राख्नेछन् ।

सम्मेलनमा विश्वका विख्यात हस्पिटालिटी ब्राण्डका ८० भन्दा धेरै उच्च पदस्थ पदाधिकारीले भाग लिँदैछन् । सम्मेलनमा आईएचसिएलका प्रबन्ध निर्देशक एवं सिइओ पुनित चटवाल, एकोरका सिनियर भाइस प्रेसिडेन्ट (अपरेशन, इन्डिया एण्ड साउथ एसिया) पुनित धवन,  हिल्टनका भाइस प्रेसिडेन्ट क्लरेन्स टन, म्यारियट एसिया प्यासिफिकका प्रेसिडेन्ट राजिव मेनन, ¥याडिसन होटल ग्रुपका साउथ एसिया एडभाइजर केबी कछ्रू, अक्स एयरका को–फाउन्डर आकाश घोष, ओवरोय ग्रुपका चिफ अपरेटिङ अफिसर मोहित निरुला, एयर इन्डियाका सिइओ एन्ड एमडी क्याम्पबेल विल्सन, भारतका प्रख्यात कवि एवं स्क्रिप्ट राइटर जावेद अख्तर लगायत विश्वव्यापी ख्यातीप्राप्त व्यक्तिहरू सहभागी हुनेछन् ।

सीजी हस्पिटालिटीले १२ देशमा १७० होटल (१००० प्लस किज) सञ्चालन गरिरहेको छ । नेपालमा मेघौली सराई, भिभान्ता काठमाडौँ, होटल समिट, होटल चितवन, मिराया र उन्नती कल्चरल भिलेज लगायतका होटलमा लगानी गरेको छ । सीजी हस्पिटालिटीको यात्रा दुई दशकअघि आईएचसिएलसँगको साझेदारीबाट सुरू भएको हो । उक्त समयमा श्रीलंका र माल्दिभ्समा दुई होटलबाट भएको साझेदारी अहिले १७ होटलमा विस्तार भएको छ । सीजी हस्पिटालिटीले निकट भविष्यमा आईएचसिएलसँगको साझेदारीमा नयाँ अध्याय सुरु गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३