विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सांग्रिला हाइड्रो पावर कम्पनीले २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले कर्णाली प्रदेशको रुकुममा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो । 

जिल्लाको आठबिसकोट नगरपलिका, लाहा गाउँपालिकामा पहिचान भएको आयोजना अघि बढाउन लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजना अघि बढाउन उत्पादन अनुमतिका लागि विद्युत विकासमा आवेदन दिइएको छ ।

अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विभागले कम्पनीलाई उत्पादन अनुमतिपत्र दिन ३५ दिने सूचना जारी गरेको छ ।

विभागका अनुसार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदन र आयोजनाका अध्ययन रिपोर्टका आधारमा प्रवद्र्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको छ ।

विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग राय सुझाव मागेको छ । विभागले सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी राय/सुझाव पठाउन सरोकारवाला समक्ष आग्रह गरेको छ ।

सरोकारवालाले रायसुझाव विभाग वा प्रवद्र्धक कम्पनीको कार्यालयमा प्राप्त हुने गरी पठाउन सक्ने विभागले जनाएको छ । आयोजनाको बाँधबाट करिब ६ हजार ३ सय १६ मिटर लामो हेडरेस सुरुङ र ८ सय ९३ मिटर लामो पेनस्टक पाइपमार्फत पानीलाई विद्युतगृहमा पुर्याइनेछ ।

विद्युतगृहमा  २ वटा टर्वाइन जडान गरिनेछ । टर्वाइनमा जडान भएको जेनेरेटरमार्फत विद्युत उत्पादन गरिनेछ । आयोजानबाट २०८२ देखि विद्युत उत्पादन सुरु गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजना सम्पन्न भएपछि वार्षिक १२७.२९५ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

उत्पादन हुने विद्युत १३२ केभी प्रसारण लाइन मार्फत २० किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको बफ्रिकोट सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit