विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । गण्डकी प्रदेशको बागलुङ जिल्लामा ४० मेगावाट बराबरका ९ जलविद्युत् आयोजना निर्माणाधीन छन् । निजी जलविद्युत् प्रवद्र्धकले पहिचान गरेका यी सबै आयोजना निर्माणमा गइरहेका छन् ।

विद्युत् विकास विभागका अनुसार जिल्लामा ६.६ मेगावाटको बडीगाड, १.७ मेगावाटको मध्यतारा खोला, ४.८५ मेगावाटको तमन खोला, ३ मेगावाटको मध्यदरम–ए, ४.५ मेगावाटको मध्यदरम–बी निर्माणाधीन छन् । यस्तै, ४.९६ मेगावाटको भीम खोला, ३.५ मेगावाटको लोअर तारा, ०.३८० मेगावाटको मिनी तारा र ९.६ मेगावाटको दरम खोला निर्माणाधीन छन् ।

त्यस क्षेत्रमा १० मेगावाटभन्दा साना आयोजना मात्र निर्माणको विभिन्न चरणमा छन् । दरम खोला हाइड्रो इनर्जीले अगाडि बढाएको ९.६ मेगावाटको दरम खोला गुल्मी र बागलुङको सीमानामा निर्माण भइरहेको छ । २०७५ फागुनदेखि निर्माण सुरु भएको आयोजनाको काम आधाभन्दा बढी पूरा भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार बाँध क्षेत्रको काम अन्तिम चरणमा रहेको र  पाइपलाइन तथा विद्युतगृहको एकसाथ काम भइरहेको छ । ७.३ मेगावाट पहिचान गरी निर्माण थालिएको आयोजना पछि क्षमता स्तरोन्नति गरेर ९.६ मेगावाट पुर्याइएको जनाइएको छ । विद्युत् प्राधिकरणसँग गरिएको विद्युत् खरिद सम्झौता (पिपिए) अनुसार २०७७ जेठमा आयोजनाबाट विद्युत् उत्पादन हुनुपर्नेछ ।

१.८६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा सानिमा बैंकसहित ४ बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी रहेको आयोजनामा सानिमा, एनआइसी, एनसिसी बैंक तथा मन्जुश्री फाइनान्सले लगानी गरेका छन् । आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहदेखि १२ किलोमिटर टाढा प्राधिकरणको हरिचौर सबस्टेसनमा जोडिनेछ ।

यही खोलामा धौलागिरी सिएएम इन्जिनियरिङ कम्पनीले ७.५ मेगावाटका मध्यदरम खोला ‘ए’ र मध्यदरम खोला ‘बी’ निर्माण गरिरहेको छ । आयोजना निर्माण गर्न कम्पनीले २०७५ जेठ ९ गते उत्पादन अनुमतिपत्र पाएको थियो । उता विभागबाट २०७१ पुस १७ गते उत्पादन अनुमति लिएर बडीगाड खोला वाटर एण्ड इनर्जी नेपाल कम्पनीले निर्माण गरिरहेको छ ।

यस्तै, मध्यतारा र लोअर तारा खोला पहाडी हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको छ । कम्पनीले मध्यताराका लागि २०७३ चैत्र १३ गते र लोअर ताराको २०७७ कात्तिक १८ गते उत्पादन अनुमतिपत्र पाएको थियो । यही खोलामा तारा खोला सामुदायिक साना कम्पनीले मिनी तारा खोला निर्माण गर्न २०७५ असार २८ गते अनुमतिपत्र पाएको थियो ।

तमन खोला हाइड्रो कम्पनीले निर्माण गरिरहेको तमन खोलाका लागि विभागले २०७४ चैत्र २५ गते अनुमति दिएको थियो । शिखर पावर डेभलपमेन्ट कम्पनीले निर्माण गरिरहेको भीम खोलाले २०७५ पुस २९ गते अनुमतिपत्र पाएको थियो । जिल्लाभरि एउटा मात्र आयोजनाको अध्ययन भइरहेको विभागको वेबसाइटमा उल्लेख छ । शिखर पावर डेभलपमेन्ट कम्पनी ६.५ लोअर भीम खोला अध्ययन गरिरहेको छ ।

जिल्लामा ४ मेगावाट दुई आयोजना निर्माण पूरा भई सञ्चालनमा छन् । सयपत्री हाइड्रो पावर कम्पनीले निर्माण गरेको २.५ मेगावाटको दरम खोला ‘ए’ र बाराही हाइड्रो पावर कम्पनीले निर्माण गरेको १.५ मेगावाटको ठेउले खोला सञ्चालनमा छन् । दरम खोलाबाट २०७३ असार १२ गतेदेखि र ठेउले खोलाबाट २०७५ जेठ २४ गतेदेखि विद्युत उत्पादन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit