विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संखुवासभाको पिलुवा खोलामा निर्माणाधीन १०.३ मेगावाटको डाउन पिलुवा खोला जलविद्युत आयोजनाले आगामी दुई महिनाभित्र उत्पादन परीक्षण सुरु गर्ने भएको छ । रिभर फल्स पावर कम्पनीले निर्माण गरी अन्तिम चरणमा पुर्याएको आयोजनाको विद्युत प्रणालीमा जोडिन लागेको हो ।

आयोजनाकाे काम सकिन लागेकाेले आगामी दुई महिनाभित्र परीक्षण सुरू गर्ने तयारी गरेकाे कम्पनीका अध्यक्ष सुवास आमात्यले बताए । ‘ कात्तिकभित्र उत्पादन परीक्षण सुरू गर्ने तयारी गरिएपनि दशैअघि देखि कामले गति लिन सकेकाे छैन्,’  उनले ऊर्जा खबरसँग भने, ‘ चार्डपर्वकाे माहाेल भएकाेले कामदार छुट्टीमा छन्, अब, तिहार छठ सकिएसँगै कामलाइ तिब्र गतिमा अघि बढाएर २ देखि ३ महिनाभित्र पूरा गरिनेछ ।’

अहिले इलेक्ट्रो मेकानिकल उपकरण जडानको काम भइरहेको छ । उपकरण जडानको काम सकेपछि उत्पादन परीक्षण सुरु हुनेछ ।

आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युत २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको बानेश्वर सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मकाे आवश्यक साढे ३ किलोमिटर प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ । 

नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरीद सम्झौता (पिपिए) अनुसार आयोजनाबाट २०७७ चैतदेखि विद्युत उत्पादन गर्नुपर्ने तालिका थियो । तर, विद्युत प्रवाह हुने कोसी कोरिडोर प्रसारण लाइन निर्माणमा भएको ढिलाई, कोरोना माहामारीले गर्दा करिब डेढ वर्ष ढिला गरी विद्युत उत्पादन सुरु गर्न लागिएको कम्पनीले जनाएको छ ।

आयोजना सम्पन्न गर्न १ अर्ब ८९ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा सिटिजन बैंकको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट र प्रभु बैंकले ७० प्रतिशत अर्थात १ अर्ब ३२ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । बाँकी, ३० प्रतिशत अर्थात ५७ कारोड ४० लाख रुपैयाँ स्वपूँजी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit