विद्युत अपडेट

  • प्राधिकरण : ६६७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : ७०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : २१२४१ मे.वा.घन्टा
  • आयात : ६६१५ मे.वा.घन्टा
  • निर्यात : २२३५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४१६०८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०७१ मे.वा.
२०८३ ब‌ैशाख ३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । स्पार्क हाइड्रो–इलेक्ट्रिक कम्पनी लिमिटेडले ताप्लेजुङमा निर्माणाधीन १२८ मेगावाटको तमोर–मेवा जलविद्युत् आयोजनाका लागि इलेक्ट्रो–मेकानिकल कार्यको खरिद प्रक्रिया पूरा गर्न बोलपत्र आह्वान गरेको छ । कम्पनीले योग्य कम्पनी तथा संयुक्त उपक्रम (जेभी) बाट बिहीबार (वैशाख ३ गते) सिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

कम्पनीका अनुसार उक्त खरिद अन्तर्गत आयोजनामा जडान गरिने टर्बाइन, जेनेरेटर, ट्रान्सफर्मर, स्विचयार्ड तथा अन्य सम्बन्धित इलेक्ट्रो–मेकानिकल प्रणालीको डिजाइन, उत्पादन, आपूर्ति, जडान, परीक्षण र सञ्चालनसम्मका काम समावेश छन् । यससँगै आयोजनाको उत्पादन संरचनासँग प्रत्यक्ष जोडिएका मुख्य उपकरण व्यवस्थापनको प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ ।

इच्छुक बोलपत्रदाताले अबको ३० दिनभित्र बोलपत्र प्रस्ताव पेस गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३